२०७७ मंसिर १६, मंगलवार

स्थानीय निकाय कर्मचारी आन्दोलन, १ घण्टा पेन डाउन र अन्र्तक्रिया

सुर्खेत, माघ २८ ।  स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनको नवौ दिन जिल्लामा रहेका सबै स्थानीय निकायमा एक घण्टा पेन डाउन गरिएको छ । हातमा कालो पट्टी बाँधेर कर्मचारीहरु विरोधमा उत्रेका छन् ।

विहीबार विहान १० बजेदेखि ११ बजेसम्म सम्पूर्ण स्थानीय निकायका कर्मचारीहरु पेन डाउन गरेका थिए । स्थानीय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले स्थानीय निकाय र निजामतिकर्मचारी भनी राज्यबाट दोहोरो कर्मचारीतन्त्रको निहुमा विभेद गरिएको भन्दै आन्दोलनमा जान बाध्य रहेको बताए । राज्यपक्षबाट पुर्नसंरचनाको क्रममा यस्तो विभेदको अन्त्य गर्नुपर्ने उनले बताए ।

यसैबीच जिल्लामा रहेका सम्पूर्ण राजनैतिकदल, पेशागत संघ संगठन, पत्रकार, नागरिक समाजसँग विहीबार अन्र्तक्रिया समेत सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका देवकुमार सुवेदीले राज्यपुर्नसंरचनाको क्रममा कर्मचारीहरुका उचित मागको सम्बोधनगर्न राज्यले ध्यानदिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धु्रबकुमार शाहीले कर्मचारीहरुको उचित मागको बारेमा सम्बोधन गर्दै नागरिक मुखी सेवा बनाउनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का लोकेन्द्र रानाले माओवादी सदैव विभेदको अन्त्यको पक्षमा रहेको बताए । उनले स्थानियनिकायहोस वाअन्यनिकायकतै पनि दोहोरो कर्मचारीतन्त्रको नाममाविभेद हुननहुने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गोविन्द सुवेदी, मजदुर किसान पार्टीका हरिबहादुर बोहोरा,नयाँ शक्तिका यस बहादुर दर्लामी, नेकपा क्रान्तिकारी माओवादीका खडानन्द लामिछाने, अखण्ड पार्टीका हिक्मत वली, पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती, स्थानीय निकाय कर्मचारी लगायतको सहभागिता थियो ।