२०७७ मंसिर १०, बुधबार

बेसार प्रशोधन उद्योगको भवन सिलन्यास

सुर्खेत, माघ २८ । कुशे मिनरल्स एण्ड हर्बल प्रा.लि.को बेसार प्रशोधन उद्योगको शिल्यन्यास गरिएको छ । भेरीगंगा १३ काँसघारी सुर्खेतमा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरी र उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्रप्रसाद भारीले सयुक्त रुपमा भवनको शिल्यन्यास गरेका हुन् ।

 vlcsnap-2017-02-09-17h46m55s768भवनको शिल्यन्यास गर्दै उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका आयोजना प्रमुख राजेन्द्र प्रसाद भारीले कृषकको उद्योग भएकाले स्थानीयलाई रोजगारी दिदै यस क्षेत्रको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारको पहुँच गराउनु पर्ने बताए । उनले प्रशोधन अर्गानिक बेसार बजारको पहुँचसँगै कृषकले उचित मूल्य पाउनु पर्ने बताए । उनले उद्योगले किसानसँग हातेमालो गरेर लगानीको सदुपयोग गर्नुपर्नेमा जोड दिए । भवनसँगै आवश्यक मेसिनको यथासिघ्र खरिद गरी कामलाई तिव्रता दिनु पर्ने उनले बताए ।

कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक शिवनारायण चौधरीले किसानकै लागि सरकारले विभिन्न आयोजना सञ्चालन गरेको हुदा यसको फाइदा सवैले लिनु पर्ने बताए । कृषकलाई व्यावसायीक बनाउनमा यस क्षेत्रमा सञ्चालित उद्योगको ठुलो देन रहेको भन्दै उहाँले उद्योग र कृषक बीच राम्रो सम्बन्ध रहनु पर्ने बताए ।

कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले यस्ता उद्योगलाई आधुनिकीकरण गरी उच्च गुणस्तरको उत्पादन बजार पु¥याउनु पर्ने बताए । व्यवसायीक योजनालाई कार्यन्वय गरी अगाडि बढेमा आवश्यक सहयोगका लागि उद्योण बाणिज्य संघ पछि नपर्ने उनले बताए ।

जाजरकोटमा केहि समय खनिज पदार्थको उत्खननमा क्रियाशिल उद्योगले कृषि क्षेत्रको सम्भाव्यता अध्ययन गरी बेसार प्रशोधन उद्योग सञ्चालन गरेको उद्योगका अध्यक्ष भक्त शाहले बताए । २ करोड ६० लाख लगानी रहेको उद्योगमा चाटर क्यापिटल एण्ड इन्भेष्टमेन्ट कम्पनी सहित १३ शेयरकर्ता रहेको उनले जानकारी दिए ।

बार्षिक ५ सय मे.टन उत्पादन गर्ने लक्ष्य लिएको उद्योगले लगभग ८६ लाख उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले अनुदान सहयोग गरेको छ ।