२०७७ मंसिर २०, शनिबार

नेटा र रामघाटमा माओवादी केन्द्रको सम्मेलन

सुर्खेत, माघ २८ । आगामी फागुन २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारीमा जुटेको नेकपा (माओवादी केन्द्र) सुर्खेतले विहीबार साविकको रामघाट अर्थात भेरीगंगा नगरपालिकाको ११ र १३ नं. वडाको संयुक्त सम्मेलन गरेको छ ।

यस्तै विहीबार नै नेटामा पनि सम्मेलन भएको छ । रामघाटमा पार्टीका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर विष्टको प्रमुख आतिथ्यता तथा सांसद ललिता रेग्मी लगायत राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यहरुको उपस्थितिमा सम्मेलन भएको हो भने नेटामा सांसद सीता नेपाली तथा जिल्ला संयोजक कृष्ण जिसी, विद्यार्थी संगठन सुर्खेतका इन्चार्ज अजित वौडेल लगायतको उपस्थितिमा सम्मेलन भएको हो ।

सम्मेलनमा नेताहरुले अब माओवादी केन्द्र गाउँगाउँमा जनताको घरमा पुगिसकेको भन्दै एक नं. पार्टी बनाउने अभियानमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । माओवादी केन्द्य्र गाउँ फर्किएकोले जनता आकर्षित भएको भन्दै नेताहरुले अब पुनः माओवादी केन्द्र कै पक्षमा बहुमत हुने दावी नेताहरुले गरेका थिए ।