२०७७ माघ ७, बुधबार

अख्तियारको २६ औं स्थापना दिवस, सुर्र्खेत कार्यालयमा हालसम्म करिब ६ हजार उजुरी

सुर्खेत, माघ २९ । अख्तियार दुरुपयोग अन्सधन्धान आयोगको कार्यालय सुर्खेतमा स्थापना भएदेखि हालसम्म पाँच हजार ७ सय १९ उजुरी परेको छ ।
aaकार्यालयका अनुसार आर्थि वर्ष ०७०÷०७१ मा एक हजार ६४ वटा, आर्थिक वर्ष ०७१÷०७२ मा दुई हजार एक सय ११, आर्थिक वर्ष ०७२÷०७३ मा दुई हजार ६९ वटा उजुरी परेको छ । ०७२÷०७३ मा विभिन्न १३ मुुद्दामा १८ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर भएको कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमबहादुर विष्टले जानकारी दिए । स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष ०७२÷०७३ मा ११ जनालाई रंगेहात नै पक्राउ गरिएको जानकारी दिए । यस्तै चालु आर्थिक वर्षको माघ २५ गतेसम्म चार सय ८५ वटा उजुरीहरु परेको कार्यालयको तथ्याङकमा उल्लेख छ । यस मध्ये एक सय ७८ वटा फर्छाैट् भइसकेको विष्टले जानकारी दिए ।

खासगरी उजुरीहरु साउन र भदौ महिनामा बढी आउने गरेको पाइएको छ । कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले उजुरीहरुलाई विश्लेषण गर्दा साउन र भदौमा बढी आएको र ती उजुरीहरु विकास निर्माणसंग सम्बन्धी भएको बताए । उनले यसबाट नागरिकहरु विकास निर्माण कार्यबाट सन्तुष्ट हुन नसकेको पत्ता लागेको बताए । ‘‘हाम्रो विश्लेष्णबाट साउन र भदौमा बढी उजुरी पर्ने गरेको पाइएको छ ,’ उनले भने–‘त्यसमा पनि विकास निर्माणसंग बढी उजुरीहरु परेकाछन्, यसले विकास निर्माण कार्यबाट नागरिक खुसी नभएको प्रष्ट हुन्छ ।’’ उनले उजुरी परिसकेपछि राय माग्दा सम्बन्धित कार्यालयबाट रायसमेत नआउने गरेको बताए ।

कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय प्रशासक वेगेन्द्र शर्मा पौड्यालले मनलाई नियन्त्रण गरे भ्रष्ट्राचार नियन्त्रण गर्न सकिने बताए । उनले गीतामा उल्लेख भएको मनलाई नियन्त्रण गर्न नसके त्यही मन शत्रु बन्न भन्ने कुराको उल्लेख गर्र्दै मनलाई नियन्त्रण गर्न सबै कर्मचारीहरुलाई निर्देशन दिएका थिए । कर्मचारीहरुले आफूलाई तोकेको जिम्मेवारी इमान्दारपूर्वक पुरा गर्नुपर्ने भन्दै असल मनसायले ऐन, कानुन र प्रक्रिया पुरा गरेर काम गर्दा अख्तियारबाट डराउन नपर्ने बताए । साथै सोही कार्यक्रममा क्षेत्रीय प्रशासक पौड्यालले विकासका लागि छुट्याइएको बजेट खर्च नहुने समस्या दोहोरिरहेकोले त्यसतर्फ ध्यान दिन पनि कार्यालय प्रमुखहरुलाई ध्यानाकर्षण गराए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अख्तियारले अहिले गल तगर्नेहरुलाई धेरै टयाकमा ल्याएको भन्दै अझ नागरिकहरुको अपेक्षा अनुसार काम नभएको बताए । उनले आम नागरिकको अपेक्षाको सम्बोधन हुने गरी कार्यसम्पादन गर्नेपर्नेमा जोड दिए ।
कार्यक्रममा उच्च बार एशोसियसनका अध्यक्ष बिवसकुमार बस्नेतले समाजले भ्रष्टाचारलाई अपराधका रुपमा स्वीकार नगरेका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताए ।

भ्रष्टाचारलाई अपराधका रुपमा स्वीकार गर्न नसक्नु पनि नागरिकको कम्जोरी भएको उनको भनाई छ । यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले पहुँचमा भएकाहरुबाटै नै यस्ता गलत काम हुने गरेकोले पहिले यो देशको नागरिक हुँ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए । कार्यक्रममा नागरिक सरोकार समितिका प्रतिनिधि मणि कुमार पोख्रेलले प्रारम्भीक चरणमा नै भ्रष्टाचारलाई नियन्त्रण गर्ने पहल थाल्नु पर्ने बताए । पहिले आआफ्नो ठाउँबाट सबै ठिक हुँदै गए भ्रष्टाचार नियन्त्रण हुने उनले बताए ।

कार्यक्रममा भ्रष्टाचार पछिको परिणाम सम्बन्धी नाटिका ‘परिणाम’ प्रदर्शन पनि गरिएको थियो । कार्यक्रममा कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीको सभापतित्वमा सम्पन्न भएको हो ।