२०७७ मंसिर ८, सोमबार

स्थानीय निकायको आन्दोलन जनतालाई सास्ती, कर्मचारी बाध्य

सुर्खेत, माघ २९ । देशभरजस्तै सुर्खेतमा पनि स्थानिय निकायका कर्मचारीहरुले आज तीन घण्टा पेन डाउन गरेका छन् । तीन घण्टा पेन डाउन गर्दा सेवाग्राही भने मर्कामा परेका छन् । राज्य पुर्नसंरचनामा समेत कर्मचारीहरुबीचमा रहेकाविभेदहरुको अन्त्य र समायोजनमा सरकार गम्भिर नभएको भन्द्यै उनीहरुले यस्तो गरेका हुन् ।

जिल्लास्थित नगरपालिका, गाविस र जिल्ला विकास समितिमा काम गर्ने स्थानिय निकायका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कामकाज ठप्प पारेका हुन् । संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले नागरिकहरुलाई सास्तीभएपनि स्थानिय निकायमा लामो समयसम्म काम गरेका कर्मचारीहरुको उचित व्यवस्थापन, समायोजनलगायतका सन्दर्भमा राज्य गम्भिर नभएकाले बाध्यताबस आन्दोलन थािलएको बताए ।

उनले राज्यले आफुहरुका मागहरुका बारेमा सम्बोधन गरे तत्काल नागरिकको सेवा सुचारु बनाउने बताए । कर्मचारीहरु सेवाग्राहीलाई हरपल सेवा दिन पेशामा आएको भन्दै उनले नागरिकहरुलाई आफ्नो बाध्यतालाई बुझेर सेवा सञ्चालन भएको बेलामा सेवा लिन आउन पनि आग्रह गरे ।
यसैबीच, छैठौँ प्रदेशमा रहेका सबै स्थानिय निकायका कर्मचारीहरुको पेन डाउन कार्यक्रमका कारण शुक्रबार १ बजेसम्म सेवा ठप्पभएको छ । सेवा ठप्प हुँदा ग्रामिण भेगमा बस्ने नागरिकलाई भने सास्ती भएको छ ।

स्थानिय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले कर्मचारीका उचित मागका बारेमा ध्यान नदिएमा अनिश्चितकालका लागि स्थानिय निकायका सेवा ठप्प पार्ने चेतावनी दिए । उनले एउटै राज्यभित्र दुई थरी कर्मचारी रहेको भन्दै एउटा राज्यमा दुई प्रकारको कर्मचारी तन्त्रको अन्त्यका लागि आन्दोलन थालिएको बताए ।

आन्दोलनका कार्यक्रम अन्र्तगत आज हातमा कालोपट्टी बाँधेर विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन र धर्ना दिने र फागुन १ गते पुरै स्थानिय निकायका सेवाहरु बन्द गर्ने जनाईएको छ ।