२०७७ माघ ५, सोमबार

प्रयोगात्मक सामग्रीय प्रयोगमा ल्याउन माग

सुर्खेत, माघ २९ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) इन्जिनियरिङ संकाय अन्तर्गत सिभिल इन्जिनियरिङ विभागमा सर्वे ल्यावमा भएका प्रयोगात्मक सामग्रीहरु प्रयोगमा ल्याउन माग गरेको छ ।

इन्जिनियरिङ संकायको कमिटीले विज्ञप्ति निकाली ल्यावमा रहेका करोडौका सामग्रीहरु प्रयोगात्मक निर्देशिका नआएका कारण प्रयोगमा नआएको भन्दै तत्काल प्रयोगमा ल्याउन क्रान्तिकारीले माग गरेको हो । साथै प्रयोगमा ल्याइएका सामग्रीहरु गुणस्तर हिन भएकोले त्यसको छानविन गरी दोषिलाई कार्वाही गरिनुपर्ने माग राखिएको छ ।

गुणस्तरहिन सामग्रीको खरिद गर्नेको पहिचान गरी कार्वाही नगरे र ल्यावका सामगीहरु प्रयोग नगरिए कडा रुपमा प्रस्तुत हुने क्रान्तिकारीका इन्जिनियरिङ संकायका कार्यबहाक अध्यक्ष रत्न शर्माले जानकारी दिए ।