२०७७ माघ ११, आईतवार

अन्तराष्ट्रिय तेक्वान्दोमा सुर्खेतलाई २ स्वर्ण

सुर्खेत, माघ २९ । काठमाडौंमा विहीबारदेखि सुरु भएको प्रथम काठमाडांै अन्तराष्ट्रिय फाइट तथा पुम्से प्रतियोगितामा सुर्खेतबाट भएका सीता दर्लामी प्रथम भएकी छन् दर्लामी ४६ किलोग्राम मुनि जुनियरतर्फ प्रथम भएकीहुन ।

taekandoयस्तै राजकुमारी गुरुङ् ३३ किलोग्राम मुनि जुनियरतर्फको खेलमा प्रथम भएकिछन् । प्रतियोगितामा कल्पना शाही सिनियर ४६ किलोग्राम मुनिको फाइनल खेलमा इन्डोनेसियाका खेलाडिसंग पराजित भई द्धितीय भएकिछन् । प्रतियोगितामा सिनियर ६२ किलोग्राममुनिको खेलमा सहभागी भएकी कमला विक सेमीफाइनलमा बङगलादेशसंग पराजित भई तृतीय भएकीछन् ।

प्रतियोगितामा सुर्खेतका महिला र पुरुषतर्फ ७÷७ जना खेलाडीहरुको सहभागिता रहेको छ । पुरुषतर्फका खेलहरु भने आज (शनिबार) हुने छन् । प्रतियोगितामा नेपालसहित भारत, बङगला देश, भुटान, दक्षिण कोरिया, हंकङ, मलेसिया र इण्डोनेसियाका खेलाडिहरुको सहभागिता रहेको तेक्वान्दो प्रशिक्षक एवंम एसओएस हर्मन माइनर विद्यालयका खेलकुद शिक्षक गंगाराम आचार्यले जानकारी दिए ।