२०७७ मंसिर १३, शनिबार

घुमखहरेमा माओवादी केन्द्रको सम्मेलन

सुर्खेत, माघ २९ । आगामी फागुन २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारीमा जुटेको माओवादी केन्द्र सुर्खेतले शुक्रबार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नं. ११ को वडा सम्मेलन घुमखहरेमा गरेको छ ।

राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य ठम्मर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु नरबहादुर रोकाय, जयबहादुर डांगी, जनकराज रेग्मी, टोपबहादुर घर्ती लगायतको उपस्थिति रहेको थियो ।

सम्मेलनले देवबहादुर चलाउने को अध्यक्षतामा २५ सदसस्यीय नयाँ कमिटि चयन गरेको छ । सम्मेलनको उद्घाटन कार्यत्रममा नोपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी ८ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।