२०७७ मंसिर ११, बिहीबार

रेडक्रस उपशाखा घमखहरेको साधारणसभा

सुर्खेत, फाल्गुन १। नेपाल रेडक्रस सोसाईटि उपशाखा घुमखहरे सुर्खेतको १३ औ वार्षिक चुनावि साधारणसभा शनिबार घुमखहरे सुर्खेतमा सुरु भएको छ ।

Redcrosslogoउक्त सभामा उपशाखालाई २५००० रुपैयाँ भन्दा बढि आर्थिक सहयोग गरेको भन्दै मोहम्मद आयतुल्य रहमलाई दोसल्ला ओढायर सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा सुर्खेतका जिल्ला सभापति रामलाल आचार्यको प्रमुख आतिथ्यता, रेडक्रस जिल्ला शाखाका वरिष्ठ मन्त्री प्रदिप्त पौडेल वरिष्ठ अधिकृत गोविन्द प्रशाद आचार्यको विशेष आतिथ्यता र उपशाखा घुमखहरेका सभापति नवराज पौडेलको अध्यतामा उद्घाटन सत्र सम्पन्न एको हो ।

नयाँ नेतृत्व चयनका लागि एक जना सभापति सहित आठ जना सदस्य पदका लागि चार जना सभापति पदमा र चौध जना सदस्यहरुको उम्मेदवारी परेकोले निर्वाचन आज आइतबार हुने निर्वाचन अधिकृतले जानकारी दिए ।

सभापति पदका लागि चारजनाको उम्ेद्धवारी परेको छ । उम्मेद्धावारी दिनेहरुमा निवर्तमान सभापति नवराज पौडेल, निवर्तमान सचिव भोजराज पौडेल, गोविन्दप्रसाद पौडेल, निवर्तमान सहसचिव र सदस्य वल्तबहादुर देवकोटा रहेका छन् ।