२०७७ माघ ५, सोमबार

छैठौँ प्रदेशका स्थानीय निकाय ठप्प

सुर्खेत, फागुन २ ।  सुर्खेतसहित देशभरका स्थानिय निकायको कामकाज आइतबार ठप्प भएको छ । स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको आन्दोलनको कारण कामकाज ठप्पभएको हो । विहानै १० बजेबाट कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर आफ्नो कार्यालयको कामकाज ठप्प पारेका हुन ।

आन्दोेलनको कार्यक्रमअन्र्तगत २ गते स्थानिय निकायमा काम गर्ने निजामति कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने र उनीहरुले चढेको सरकारी सवारी साधन कार्यालयमा राख्ने तथा त्यसपछि अनिश्चित कालका लागि स्थानीय निकायका सेवाहरु ठप्प पार्ने कार्यक्रमण् रहेको छ ।

स्थानिय निकाय कर्मचारी संघर्ष समिति सुर्खेतका प्रवत्ता कुलबहादुर खड्काले आन्दोलनप्रति राज्य ग्रैरजिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै अनिश्चित कालका लागि सेवा ठप्प पार्नुपर्ने बाध्यता रहेको बताए । उनले यसबाट सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमासमेत मागेका छन । सेवाग्राहीको काम रोक्ने पक्षमा आफुहरु नरहेको भन्दै राज्य जिम्मेवार भई माग पुरा गरेमा आन्दोलन फिर्ता लिइने बताएका छन् ।

यता छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले छैठौँ प्रदेशका सबै जिल्लामा स्थानिय निकायका कर्मचारीहरुको बन्द कडाईका साथ अघि बढेको बताए । उनले राज्य समक्ष आफ्ना मागहरु राखेपनि राज्यले अहिलेसम्म कुनै पनि सुनुवाई नगरेका कारण बाध्य भएर आफुहरु धर्नामा बसीरहेको बताए ।