२०७७ मंसिर १४, आईतवार

क्रान्तिकारीद्वारा सभापतिका उम्मेदवार घोषणा शिक्षामा जिसी, भेरी शिक्षामा विक

सुर्खेत, फागुन ३ ।  यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सुर्खेत क्याम्पस (शिक्षा) मा अखिल (क्रान्तिकारी) ले सभापतिका उम्मेदवार घोषणा गरेको छ ।

akhil krantikariक्रान्तिकारीका तर्फबाट संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष महेश जिसीलाई सभापतिको उम्मेदवार घोषणा गरिएको केन्द्रीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । मटेला निवासी जिसी सुर्खेत क्याम्पस (शिक्षा) का राजनीति शास्त्रका विएडमा अध्ययनरत विद्यार्थी हुन् ।

विविएस समेत अध्ययन गरेका २४ वर्षे जिसी शालिन, इमान्दार र स्वच्छ राजनीतिक छवि भएका विद्यार्थी नेता हुन । यस्तै क्रान्तिकारीले पूर्वी सुर्खेतको गुमीमा रहेको भेरी शिक्षा क्याम्पसमा पनि सभापतिका लागि उम्मेदवारको घोषणा गरेको छ । भेरी शिक्षा क्याम्पसमा क्रान्तिकारीले सभपातिका लागि रिक कुमार विकलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ ।

नेपाल विद्यार्थी संघले सुर्खेत क्याम्पस शिक्षामा सभापतिका उम्मेदवार घोषणा नगरेको भएपनि राजकुमार सिजापति नै उम्मेदवार हुने पक्का जस्तै भएको स्रोतको भनाई छ । अखिलमा भने उम्मेदवार को हुने भन्ने टुङगो लागिसकेको छैन ।