२०७७ मंसिर ९, मंगलवार

वीरेन्द्रनगरमा भालु आतंक

सुर्खेत, फागुन ४ । यहाँको वीरेन्द्रनगर नगरपालिकाको १९ नं. मा पर्ने सुन्दर टोलमा केही दिनदेखि जंगलि भालुले आतंक मच्चाएको छ ।

गाउँमा पसेको भालुले चार दिनदेखि गाउँमा आतंक मच्चाएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला वन कार्यालय सुर्खेतका अनुसार यस अवधिमा स्थानीय वासिन्दाहरु महेन्द्र बि. क., शेर बहादुर बि.क., हर्क बुढा लगायतका बाख्रा, बुगुर मारिसकेको र केही बाख्रा घाइते बनाएको छ ।

घाइते बाख्राहरुको उपचारका लागि जिल्ला पशुसेवा कार्यालयलाई अनुरोध गरिएको छ । यसलाई नियन्त्रणमा लिन स्थानीय प्रहरी प्रशासनसंग सहकार्य जारी रहेको जिल्ला वन कार्यालयले जनाएको छ । दिउसो जंगलमा लुकेर बस्ने र रातको १२ देखि ३ बजेका समयमा एक्कासी गोठ भत्काएर पशुधनको क्षति गरी भाग्ने गरेका कारण थप चुनौती थपिएको छ ।