२०७७ मंसिर १३, शनिबार

महिलाहरु व्यवसायिक खेतिमा आकर्षित

सुर्खेत, फागुन ४ ।  छिन्चुका महिलाहरु व्यवसायिक खेती तर्फ आर्कषित हुन थालेका छन् । पहिले सानो तिनो खर्चको लागि परिवारसंग हात थाप्नु पर्ने महिलाहरु अहिले आफ्नो खर्चमा रमाउन पाउँदा खुसी भएका छन् ।

1-1-1024x768
तस्विर : फाईल

युएसएआइडी किसान परीयोजना सुर्खेतले गरेको सयुक्त अनुगमनका क्रममा भेरीगंगा नगरपालिका छिन्चुमा रहेको सीताराम महिला समुह र इन्द्रेणी महिला समुहका महिलाहरुले व्यवसायीक खेतीबाट आफु आत्म निर्भर भएको बताएका छन् । अनुगमनमा क्षेत्रिय कृर्षि निर्देशनालयका निर्देशक शिवनारायण चौधरीले किसानहरुले पाउने सम्पुर्ण सेवा सुबिधा लिन सबै किसानलाई आग्रह गरे ।

उनले कुन कुन सुविधा कहाँबाट उपलब्ध हुन्छ त्यो पनि थाहा पाइराख्नु पर्ने बताउनु भएको थियो । कार्यक्रममा व्यवसायिक खेती गर्दा देखिने समस्या, बजार व्यवस्थापन, सिचाई लगायतका बारेमा छलफल गरीएको छ । किसान परीयोजना सुर्खेतले विगत तिन वर्ष देखि सुर्खेतका ११ गविसमा किसानहरुसंग सहकार्य गर्दै उनीहरुलाई व्यवसायिक खेती तर्फ आर्षित गर्दै उनीहरुलाई कृर्षिमा आत्म निर्भर बनाउदै आएको छ ।

अनुगमनमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।