२०७७ माघ १४, बुधबार

माओवादी केन्द्रको वीरेन्द्रनगरमा वडा सम्मेलन

सुर्खेत, फागुन ४ । नेकपा (माओवादी केन्द्र) वीरेन्द्रनगरनगरपालिका–२ सुर्खेतको वडा सम्मेलन सम्पन्न भएको छ । विवेक वलीको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको अध्यक्षमा खड्गबहादुर थापा, उपाध्यक्षमा भक्तबहादुर रसाईली, सचिवमा जनकराम खड्का, कोषाध्यक्षमा रत्न बिक र सह–सचिवमा पुष्करदेव गिरी चयन भएकाछन् । सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का सचेतक एवंम सांसद सीता नेपालीले स्थानीय तहको चुनावको मिति छिटै घोषणा हुने भन्दै तयारीमा जुट्न नेतृत्वलाई आग्रह गरेकि थिइन ।

उनले वडामा हुने बिकास निमार्णका काम लगायत अन्य गतिबिधिलाई नजिकैवाट हेर्ने र रेखदेख गर्ने बताइन । यस्तै सम्मेलनमा जिल्ला संयोजक तथा केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य कृष्ण जिसी, सदस्य जीतबहादुर राना, नगर इन्चार्ज दानसिंह सुनार, महिला ईन्चार्ज देवीसरा सुनार लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच मध्यपश्चिम विश्वविद्यालय अन्र्तगत नयाँ शक्ति विद्यार्थी युनियनका कोषाध्यक्ष पुष्करदेव गिरी आफु नेकपा माओवादी केन्द्रमा समाहित भएकाछन् । उनले अबको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) लाई जिताउँनका लागि सक्रिय भएर लाग्ने समेत बताएकाछन् ।