२०७७ माघ ११, आईतवार

प्रदेश नं. ६ मा स्ववियुमा क्रान्तिकारी अगाडि, सबैजसो क्याम्पसमा सभापतिका उम्मेदवार घोषणा

सुर्खेत, फागुन ४ । यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा प्रदेश नं. ६ मा नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) अगािड देखिएको छ ।

6_pardesh1उम्मेदहदबन्दी र स्ववियु निर्वाचन आफ्नो एजेण्डा भएको भन्दै अखिल (क्रान्तिकारी) ले प्रदेश नं. ६ मा आफ्ना निर्वाचन कार्यक्रमहरु तीव्र रुपमा संचालन गरेको छ । प्रदेश नं. ६ को सम्भावित राजधानि सुर्खेत लगायत, रुकुम, सल्यान, दैलेख, जुम्ला, कालिकोट लगायतका त्रिभूवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा अखिल (क्रान्तिकारी) ले आफ्ना सभापतिका उम्मेद्वारहरु घोषणा गरिसकेको जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार १ गते नै मतदाता नामावली प्रकाशन गर्नुपर्ने भएकोले त्यसकै वरिपरि नै क्रान्तिकारीले सभापतिका उम्मेदवारहरु घोषणा गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव खेमबहादुर सिंहले जानकारी दिए । स्ववियु निर्वाचनका लागि यो प्रदेशको जिम्मेवारी पाएका सिंहले प्रदेशका मुख्य क्याम्पसहरुमा सभापतिका उम्मेदवारहरु टुङ्गो लगाइसकेको र अहिले प्रचारप्रसार कार्यक्रम तीव्र्र रुपमा अगाडि बढाइएको बताए ।

अखिल (क्रान्तिकारी) का अनुसार यो प्रदेशका मुख्य क्याम्पसहरु सुर्खेत क्याम्पस (शिक्षा) मा महेश जिसी, जुम्लाको जुम्ला बहुमुखी क्याम्पसमा अम्मराज शाही, कालिकोटको तिलाकर्णाली बहुमुखी क्याम्पस कालीकोटमा भिमप्रसाद आचार्य सभापतिको उम्मेद्वार घोषणा भइसकेका छन् ।

यस्तै जनचेतना बहुउद्देश्यीय क्याम्पस कालिकोटमा अमर भाम, नारायण क्याम्पस दैलेखमा उपेन्द्र विष्ट, नन्ददेवि बहुमुखी क्याम्पस कालिकोटमा लक्ष्मण बुढा, भेरी शिक्षा क्याम्पस सुर्खेतमा रिकबहादुर वि.क., सानोभेरी शिक्षा क्याम्पस रुकुममा रामबहादुर विष्ट, मुसिकोट खलङ्गामा बहुमुखी क्याम्पस रुकुममा नारायण के.सी.को सभापतिमा उम्मेद्वारी घोषणा भएको संगठनका प्रदेश नं. ६ का इन्चार्ज समेत रहेका सिंहले जानकारी दिए । रुकुमको सिस्ने शिक्षा क्याम्पस रुकुमकोटमा भरत गौतम सभापतिका उम्मेदवार रहेकाछन् ।

यसैगरी सल्यानको सल्यान बहुमुखी क्याम्पसमा चेतबहादुर गिरी, शिवजन बहुमुखी क्याम्पस सल्यानमा हरिप्रकाश वली, थारमाथे बहुमुखी क्याम्पस, सल्यानमा तुफान वली, थारुला बहुमुखी क्याम्पस, सल्यानमा हेमन्त वली, वन्गाड बहुमुखी क्याम्पस, वन्गाड सल्यानमा इन्द्रबहादुर बुढाथोकी सभापतिका उम्मेदवार घोषणा भइसकेका छन् ।

यस्तै प्रदेश नं. ५ अर्थात साविकको मध्यपश्चिम विकास क्षेत्र मै पर्ने बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा पनि अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरिसकेको छ । बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा राजेन्द्र विष्ट सभापतिको उम्मेदवार रहेकाछन् । बाँकी क्याम्पसहरुमा पनि उम्मेदवारी घोषणा भइसकेको र रिपोर्टिङ हुन नसको सिंहले बताए । बाँकी मुगु, जाजरकोट र हुम्लाका क्याम्पसहरुमा भने केही दिनमा उम्मेदवार घोषणा हुने क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीले प्रदेश नं. ६ मा आफ्नो संगठन पहिलो हुने दावी गरेको छ । यो प्रदेशमा त्रिवि अन्तर्गतका २ आंगिक र ४१ सम्बन्धन प्राप्त गरी ४३ क्याम्पस रहेकोमा १६ क्याम्पसमा आफूहरु विजयी हुने क्रान्तिकारीको दावी छ । क्रान्तिकारीले रुकुमका ९ मध्ये ५, सल्यानका ७ मध्ये ३, जाजरकोटका तीन मध्ये २ वटा, कालिकोटका तीन मध्ये २, जुम्लाका २ मध्ये १, सुर्खेतका ७ मध्ये २ वटा र दैलेखका ६ मध्ये एउटा क्याम्पसमा जित्ने दावी गरेको छ ।

क्रान्तिकारीले यो प्रदेशका सबैजसो क्याम्पसमा उम्मेदवार घाषणा गरिसक्दा पनि अन्य संगठनहरुले भने घोषणा गरेकाछैनन् ।