२०७७ माघ ४, आईतवार

माओवादी केन्द्रको भेरीगंगाको नगर सम्मेलन

सुर्खेत, फागुन ५ । नेकपा (माओवादी केन्द्र) भेरीगंगा नगरपालिकाको नगर सम्मेलन बुधबार छिन्चुमा उद्घाटन भएको छ । कृष्ण गिरीको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका सचेतक सीता नेपालीको प्रमुख आतिथ्यतामा सम्मेलनको उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद तथा संसदीय दलका सचेतक सीता नेता सीता नेपालीले देशको परिवर्तनको अगुवाई माओवादी केन्द्य्रले गरेको भन्दै अब पुनः माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको बताइन । अहिल देश माओवादी केन्द्र कै एजेण्डामा अगाडि बढेको भन्द्यै उनले माओवादीका कारण दलित, महिला, पीछडा वर्ग, सीमानतकृत समुदाय, जनजातिहरुले अधिकार पाएको बताइन ।

सांसद नेपालीले माओवादी केन्द्रले कहिल्यै पनि जनताको हित विपरित काम नगरेको भन्दै अब माओवादीमा जनता गोलबन्द हुनुको विकल्पन नभएको बताइन । राष्टको समृद्धि र जतनाको उत्थानका निम्ति माओवादीका एजेण्डा संस्थागत भइरहेको भन्दै उनले बाँकी एजण्डाहरुको संस्थागत गर्नका लागि माओवादीलाई जनताको साथ चाहिएको बताइन । अब माओवादीले हारे हरेक नेपाली जनताले हार्ने भएकोले जनतालाई हार्न नदिनका लागि भएपनि माओवादीलाई जिताउनुपर्ने उनले बताइन ।

कार्यक्रममा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जिसीले जनताको पक्षपाति माओवादीलाई जनताले दण्डितको साटो सम्मान गर्नुपर्ने बताए । अहिले माओवादी कै कारण देशमा समृद्धिका संकेत देखिएको भन्दै उनले माओवादीले उठाएका जनताका एजेण्डालाई संस्थागत हुन नदिनका लागि अन्य राजनीतिक दलहरुले षडयन्त्र गरेको बताए ।

केही राजनीतिक दलले झुटको राजनीति गरेको भन्दै त्यसतर्फ आम नागरिकलाई संयोजक जिसीले आग्रह गरे । माओवादीले जनताको घरघरमा उज्यालो ल्याउदा पनि राष्टघात भन्ने एमालेको षडयन्त्रको विरुद्ध जाग्न कार्यकर्तालाई निर्देशन दिदै जिसीले अब माओवादीले राष्टिको समृद्धिका लागि माओवादीलाई बहुमतले विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका राष्टिय सम्मेलन आयोजक समिति सदस्य ठम्मर विष्टले माओवादीले हरेक नागरिकलाई घरघरमा सेवा सुविधा पु¥याउने एजेण्डासहित संघीयता ल्याएको भन्दै अरु दललाई यो सहजै नपचेको बताए । ग्रामीण नागरिकलाई अधिकार दिनका लागि संघीयता ल्याइएको भन्दै उनले संघीताको नराम्रो प्रचार गरे जनतालाई भ्रमित पार्न खोज्नेहरुका विरुद्ध लाग्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लाकेन्द्र रानाले पनि माओवादीको एजेण्डा नै जनताको एजेण्डा भएको भन्दै अन्य राजनीतिक दलहरुले यसलाई संस्थागत हुन नदिएकोले त्यसतर्फ सतर्क हुनुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका महिला नेता तथा अखिल नेपाल मिहला संघ –क्रान्तिकारी) का प्रदेश नं. ६ का संयोजक हरिमाया शर्माले माओवादी कै कारण अहिले मगरको छोरा उपराष्टपति, महिला राष्टपति, मगरकी छोरी सभामुख हुन सकेको भन्दै जनताले अब माओवादीलाई साथ दिनुपर्ने बताइन ।

जनयुद्धका बेला जस्तै जनवादी गीत तथा नृत्यका साथ भएको कार्यक्रममा भेरीगंगा नगरपालिकाका एमालेका अध्यक्षत, नेपाली काँग्रेसका सभापति लगायतले पनि सम्मेलनको शुभकामना दिएका थिए । कार्यक्रममा नेपाली काँग्र्रेस र एमालेबाट परित्याग गरी माओवादी केन्द्रमा स्थानीय नागरिकहरुले प्रवेश गरेका थिए ।

यो सम्मेलनको बन्दसत्रले नगरपालिकामा नयाँ नेतृत्व चयन गर्ने छ । कार्यक्रममा विभिन्न झाँकि र बाजागाजसहित सुरु भएको थियो ।