२०७७ मंसिर १७, बुधबार

गुर्भाकोट र गढीमा माओवादी केन्द्रको सम्मेलन

Umaoist-Flagसुर्खेत, फागुन ६ । यही फागुन २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारी गरेको नेकपा (माओवादी केन्द्र) ले विहीबार गढी गाविस र गुर्भाकोटमा सम्मेलन गरेको छ ।

गुर्भाकोट नगरपालिकामा पार्टीका संसदीय दलका सचेतक सीता नेपालीको प्रमुख आतिथ्यता र गढीमा पार्टीका पोलिटव्यूरो सदस्य पुष्पा घर्तीको प्रमुख आतिथ्यतामा सम्मेलन उद्घाटन भएको हो ।  सम्मेलनबाट गढीमा धिरेन रामजालीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा प्रगति पौडेल, सचिवममा नवराज पराजुली, सहसचिवमा दिपक चालिसे चयन भएकाछन् । गुर्भाकोटमा भने साँझसम्म सम्मेनको उद्घाटन कार्यक्रम चलेको थियो । कार्यक्रममा नेता ठम्मर विष्ट लगायतको उपस्थिति रेहेको थियो ।