२०७७ माघ ३, शनिबार

सुर्खेतका यातायात व्यवसायिको संयुक्त विज्ञप्ति, मप यातायातले सिण्डिकेट लगाएको आरोप

सुर्खेत, फागुन ६ । सुर्खेतका विभिन्न यातायात समितिहरुले यहाँको मध्यपश्चिम यातायात व्यवसायि संघले सिण्डिकेट लगाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिएकाछन् ।

संयुक्त विज्ञप्ति निकाली मप यातायात व्यवसायिसंघबाट आफूहरु असुरक्षित भएको उल्लेख गर्दै उनीहरुले खुला अर्थतन्त्रमा व्यवसायि संचालन गर्नबाट बञ्चित गर्ने गरी आफूहरुमाथि आक्रमण हुनु असैह्य भएको बताएकाछन् ।

विहीबार मप यातायातका कर्मचारीहरुबाट देउती नागरिक यातायात प्रालिद्धारा संचालित बा ४ ख ५३३० नम्बरको फोर्स मिनि बस मंगलगढीमा गुड्ने तयारी गरिरहेकाबेला मप यातायातका कर्मचारीले सहचालक सूर्यबहादुर खड्कामाथी आक्रमण गरेको भन्दै दोषीलाई कार्वाहीको माग समेत गरिउको छ ।

मप यातायाताका विजय सुवेदी, पवन श्रेष्ठ, रवि मल्ल, रोशन भट्टराई, सन्तोष शाही, भिम शाही, हरि बड्तौला लगायतको टिमले आक्रमण गरेको भन्दै विज्ञप्तिमा ज्यान मार्ने उद्योगले आक्रमण गरिएको उल्लेख गरिएको छ । घरेलु हतियारसहित भएको आक्रमणमा दोषीहरुलाई कडा कार्वाही गर्न विज्ञप्ति मार्फत माग गरिएको छ । साथै कार्वाही नगरिए कडा कदम चाल्ने चेतावनी पनि दिइएको छ ।

देउती नागरिक यातायात प्रालि, काँक्रेविहार यातायात व्यवसायि संघ, मप ट्रक तथा ट्याक्टर व्यसायिक संघ, भेरी कर्णाली ट्र तथा ट्याक्टर व्यवसायि संघ, नमस्ते सुर्खेत यातायात व्यवसायि संघ, बौद्ध यातायात व्यवसायि संघले संयुक्त रुपमा विज्ञप्ति निकालेका हुन् ।