२०७७ माघ ११, आईतवार

आर्मि र विदेश छोडेर कृषिमा रमाउदै, परिवारसंगै बसेर पुरा गर्न सकिन्छ सबै रहरहरु

tarkati reportसुर्खेत फागुन ६ ।  मुलुकको उर्वर माटोमा पसिना बगाउनु वेकार ठानेर दैनिक करिब दुई हजार बढी नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने गर्दछन । केही युवाहरुले कृषि प्रधान देशमा बसेतापनि सरकारी जागितर खाने रहर पालेर त्यसैमा धाउने गर्दछन । तर केही युवाहरुले सरकारी जागिर छोडेर कृषि पेसा मै रमाउन थालेकाछन् ।

गाँउ घर र बजारमा युवाहरु नहँुदा बजार र गाँउ सुनसान मात्र नभई कृषि प्रधान देशका जग्गाहरु बाँझै भएका बेला दैलेख लालिकाडाँ घरका भएका बलबहादुर रामजाली मगरले भने सरकारी पेसा छोडेर यहाँको वीरेन्द्रनगरमा तरकारी खेती र कुखुरापालन गरेर मनग्य आम्दानी गरेकाछन् ।

उनी पहिले नेपाली सेनामा कार्यरत थिए । सेनाको जागिर छोडेर घर आएका उनले गीतसंगीतको क्षेत्रसंगसंगै कृषि पेसालाई आत्मसाथ गरेका हुन् । वीरेन्द्रनगरमा रहेको बुलबुले ताल नजिकै तरकारी खेतीका साथै कुखुरा पालन गरेका उनले अहिले कृषि पेसाबाट सन्तुष्ट भएको बताए ।

नेपाली सैनिक हुँदा परिवारबाट टाढा भएको महसुस भएको भन्दै उनले अहिले परिवार सबै मिलेर व्यवसायिक रुपमा कृषि सुरु गरेको उनले बताए । जग्गा भाडामा लिएर कृषि सुरु गरेका रामजालि मगरले आफूलाई परिवारबाट टाढा भएर जागिर खानु र विदेश जानुभन संगै मिलेर कृषि गर्नमा आनन्द लाग्ने भएकोले यो पेसा सुरु गरेको बताए ।

‘‘आर्मि हुँदा पनि परिवारबाट टाँढा हुनुपर्ने, के हँुने हो कसो हुने हो के थाहा, विदेश जाने हो भने झन टाढा,’ उनले भने–‘बरु परिवारसंगै बसेर कृषि गरेपछि यही रमाइलो छ, पैसा पनि कमाउन सकिन्छ ।’’

अहिले उनको फर्ममा काउली, बन्दा, आलु, काँक्रा, प्याज, मुला, सागहरु लगायत तीन सय कुखुरा पनिछन् । उनले आफू पेसाबाट सन्तुष्ट भएको बताए । “ साथीहरु सबै विदेश पुगेसके र मैले यहाँ तरकारी खेती गर्दा गर्दै विदेश जाने भन्ने सोच नै भएन् ।” उनले भने–‘बुवाको पालादेखि नै तरकारी खेति त गर्र्ने गरिन्थ्यो तर मैले केही वर्षदेखि व्यवसायिक कृिष खेति गर्न थालेको हुँ ।’’ अहिले उनले अरुको जग्गा १० कट्टा भाडाँ लिएर तरकारी खेती गरिरहेको बताए ।

कृषि संगै उनले आफ्ना बाँकी रहर गीत संगीतलाई पनि माया नमारेको बताए । उनका शब्दमा सिर्जना भएका थुप्रै गीतहरु, गायक गायिकाहरु, खुमन अधिकारी, रामजि खाँन, देवी घर्ती, टिका पुन, मुना थापा र उनकै आवाजमा बजारमा चर्चित थिए । उनले आफ्नै ठाउँमा बसेर सबै रहरहरु पुरा गर्न सकिन्छ भन्ने महसुस भएको समेत बताउछन ।

अरुको भरमा बाँच्नु हरेक कुरा बाहिरबाटै आयात गर्नुपर्ने बाध्यताले पिरोले पछि सुर्खेत पिपिरा स्थित घर भएका गेहेन्द्र गौतमले पनि जग्गा भाडामा लिएर तरकारी खेति सुरु गरेका छन् । बुलबुले मै वार्षिक रुपमा ३० हजार जग्गाको भाडाँ तिरेर उनले आम्दानि गरिरहेकाछन् ।

केही वर्ष पहिला घर खर्च चलाउन गाह्रो भए पछि साथीहरुको सुझावले तरकारी पेशा रोजेको उनले बताए । जीवनको गुजरा गर्न भारत जाने सोच बनाएको मान्छे अहिले आफ्नै ठाउँमा परिवारसंगै तरकारी खेतीबाट आम्दानी दिएको उनले बताए । परिवार खर्च चलाएर, जग्गा भाडा समेत तिरेर अहिले लाखौ आम्दानी गर्ने गरेको गौतमले बताए । उनले आफू पनि भारत जाने तयरी मै रहेकोबेला साथीहरुको सुझावले यही बसेर कृषि गरेर सफल भएकोले उनले विदेश जाने तयारी गरेका युवाहरुलाई पनि कृषिमा लाग्न आग्रह समेत गरे ।

यस्तै इत्राम ८ घर भएका हर्क बहादुर बुढा मगरको पनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेकाछन् । पहिला कल्यानमा परम्परागत कृषि पेशा गर्दै आएका उनले अहिले व्यवसायिक कृषि खेती संगै वीरेन्द्रनगरमा घर बनाएको बताए । घर मात्रै भएर पनि नहुने भएपछि आम्दानीको स्रोतका रुपमा जग्गा भाडामा लिएर कृषि गरिरहेको उनको भनाई छ ।

हर्क बहादुरले पनि गर्न चाहेपछि यही आम्दानी गर्न सकिने बताए । उनीहरु जस्तै वीरेन्द्य्रनगरका विभिन्न ठाउँमा युवाहरुले नै अहिले व्यवसायिक कृषि गरी पैसा कमाउन विदेश जान पर्छ भन्ने मान्यतालाई चुनौति दिएकाछन् ।