२०७७ माघ ३, शनिबार

माओवादी केन्द्रमा ८१ जना प्रवेश

सुर्खेत, फागुन ७ ।  यही फागुन २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारी गरेको नेकपा (माओवादी केन्द्र) ले शुक्रवार लेखबेसी नगरपालिकाको वडा नं १ र २ को सम्मेलन गरेको छ ।

सम्मेलनको उद्घाटन कार्यत्रलममा एमाले, काँग्रेस र जनमोर्चाबाट गरी ८१ जनाले माओवादी केन्द्रमा प्रवेश गरेकाछन् । सम्मेलनबाट लेखबेसी नगरपालिका नेकपा एमालेका वडा कमिटीका पूर्व सहसचिव धनबहादुर ठाडाको नेतृत्वमा ४० जना र नेपाली कंग्रेस गाउँ कमिटी सक्रिय सदस्य शेर रसाइलीको नेतृत्वमा ३६ जना यस्तै जनमोर्चाको मानबहादुर रखालेको नेतृत्वमा ७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

लेखबेसी नगरपालिकामा पार्टीका संसदीय दलका सचेतक सीता नेपालीको प्रमुख आतिथ्यता र इन्र्चाज कृष्णा जिसी जितेन्द्रको विशेष आतिथ्यतामा सम्मेलन उद्घाटन भएको वाइसिएल नेपाल सुर्खेतका सहइन्चार्ज अम्मर बहादुर चन्दले जानकारी दिए । गौरब शाहीको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीका केन्द्रीय सदस्य सुकदेव अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच शुक्रबारनै रजेनामा पनि सम्मेलन भएको छ । पार्टीका राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य सम्मर विकको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले यामप्रसाद शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रविन्द्र विक, सचिवमा चन्द्र वली, सहसचिवमा दिलिप वली र कमला विक चयन भएकाछन् ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १५ पर्सेनीमा पनि सम्मेलन भएको छ । मनबहादुर विकको अध्यक्षता तथा राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य जितबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनबाट ओदानसिंह कार्कीको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा जन्कु चौधरी, सचिवमा इन्द्र बहादुर केसी, सहसचिवमा सुनिता बुढा र कोषाध्यक्षमा पुजा शाही चयन भएकाछन् ।