२०७७ माघ ११, आईतवार

प्रदेश नं. ६ मा स्ववियु निर्वाचनको लेखाजोखा चुनाव नहुँदै १० क्याम्पसमा क्रान्तिकारी र एउटामा नेविसंघको एकलौटी

सुर्खेत, फागुन ७ । यहि फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कसको पक्षमा पल्ला भारी हुन्न भन्ने अनुमान भइरहेकावेला प्रदेश नं. ६ मा भने नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले विजयी सुरुवात गरिसकेकाछन् ।

6_pardesh1निर्वाचन नहुँदै क्रान्तिकारीले प्रदेश नं. ६ का १० क्याम्पसमा आफ्नो सिट सुरक्षित गरिसको छ भने नेपाल विद्यार्थी संघले पनि चुनाव नहुँदै एउटा क्याम्पसमा सुरक्षित गरिसकेको छ । क्रान्तिकारीले निर्वाचन प्रक्रिया सुरु भएसंगै रुकुम, सल्यान र कालिकोटमा गरी विभिन्न १० क्याम्पसमा आफ्नो एकलौटी जित भएको भन्दै क्याम्पस र सभापति सार्वजनिक समेत गरेको छ ।

क्रान्तिकारीका यो प्रददेशका इन्चार्ज तथा केन्द्रीय सचिव खेम सिंहले रुकुमका म्मा क्याम्पस मध्ये ५ वटामा आफूहरुको एकलौटी जित भइसकेको बताए । उनका अनुसार मनोनयन दर्ता प्रक्रियासम्म आउदा सल्यानको शिवजन क्याम्पस सितलपार्टीमा क्रान्तिकारीको हरिप्रकाश वली को प्यानल, सल्यानकै बन्गाड क्याम्पसमा ईन्द्रबहादुर बुढाथोकिको नेतृत्व र फारुला बहुमुखी क्याम्पस सल्यानमा पनि हेमन्त वलीको नेतृत्वको क्रान्तिकारीको प्यानल एकलौटी भएको छ ।

यस्तै जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा अमर वम र नन्दादेवि वहुमुखि क्याम्पस कालिकोटमा लक्ष्मण बुढा नेतृत्वको क्रान्तिकारीको प्यान एकलौटी भएको इन्चार्ज सिंहले जानकारी दिए । यस्तै रुकुमका जम्मा क्याम्पसहरु मध्ये ५ क्याम्पसमा क्रान्तिकारीको एकलौटी जित भएको उनको भनाई छ ।

सानोभेरी क्याम्पस सिम्लि रुकुममा राम वहादुर विष्ट, स्यार्पु बहुमुखि क्याम्पस रुकुममा नवराज केसि, जहारि क्याम्पस खोलागाउ रुकुममा टेकेन्द्र आचार्य, सिम्रुथ शिक्षा क्याम्पस रुकुममा जीवन पुन र राडि शिक्षा क्याम्पस वाफिकोट रुकुममा पनि नेतृत्वको अखिल (क्रान्तिकारी) को एकलौटी भएको छ । अन्य संगठनहरु प्रतिस्पर्धा मै नआएकोले यी क्याम्पसहरुमा आफ्नो संगठनको विजयी सुरु भएको सिंहले बताए । संगठनका उम्मेदवारहरु विद्यार्थी माझ लोकप्रीय र संगठनले विद्यार्थी हकहितको लागि निरन्तर लागि परेकोले संगठनको एकलौटी जित भएको उनको भनाई छ ।

यस्तै नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघले एमालेको गढ मानिएको दैलेख जिल्लाबाट विजयी सुरुवात गरेको छ । जनआदर्श क्याम्पस अवलपराजुलमा नेपाल विद्यार्थी संघले एकलौटी विजयी भएको छ । रमा कुमारी नेपाली सभापति रहेको नेविसंघको टिम मनोनयन दर्तासम्म आइपुग्दा एकलौटि भएको हो ।

यसै गरी क्रान्तिकारीले प्रदेश नं. ६ मा रहेका ४३ वटा क्याम्पसहरु मध्ये २ वटै आंगिक क्याम्पसहरु सुर्खेत क्याम्पस (शिक्षा) र जुम्ला बहुमुखी क्याम्पसमा पनि जित निश्चित हुने दावी गरेको छ । क्रान्तिकारीले डोल्पा बहुमुखी क्याम्पसहरुमा पनि जित निश्चित भएको जनाएको छ । यो प्रदेशमा आफ्नो संगठनको बहुमत हुने सिंहले दावी गरे ।