२०७७ मंसिर १३, शनिबार

म पढेर भविष्यमा डाक्टर बनेर सेवा गर्ने चाहना छ-इनसी भास्कल

incyहरेक विद्यार्थीका आ–आफ्नै चाहना हुन्छन् । सबै विद्यार्थीहरूलाई एउटै किसिमको वातावरण मन पर्दैन । विद्यालयक वातावरण, विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफ्ना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रश्नहरू तेस्र्याउँछौ । केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिधित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछाँै । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनिधि पात्रका रूपमा सुर्खेत होराइजन एकेडेमी कक्षा ८ मा अध्ययनरत छात्रा इनसी भास्कललाई भेटाएका छाँै । प्रस्तुत छ, भास्कलसँग इनयाँ नेपालकर्मी नरजन तामाङ्गले गरेको  कुराकानीको संक्षेप

कस्तो चल्दैछ पढाई ?
ठीकै छ, राम्रै छ ।
पढाई कस्तो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
धेरै राम्रो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
घरमा कत्तिको पढ्नुहुन्छ नि ?
घरमा बिहान ६ बजेदेखि ८ः३० बजेसम्म र सा“झ ५ बजेदेखि ७ सम्म अनि ८ देखि ९ सम्म अध्ययन गर्छु ।
अहिलेको सुर्खेत होराइजनको जुन वातावरण छ, यो
वातावरण पढाईको लागि कस्तो लाग्छ नि ?
अरु विद्यालयको भन्दा हाम्रो विद्यालयमा धेरै राम्रोस“ग पढाई हुन्छ ।
कुन शिक्षकले पढाएको तपाईलाई राम्रोस“ग बुझे जस्तो
लाग्छ ?
सबै शिक्षक–शिक्षिकाहरुले राम्रैस“ग पढाउनु हुन्छ । मलाई विज्ञान विषयका मेडम प्रतिभा पौडेल आचार्यले पढाएको
राम्रोस“ग बुझेजस्तो लाग्छ ।
तपाई भविष्यमा के बन्न चाहनुहुन्छ ?
म पढेर भविष्यमा डाक्टर बनेर सेवा गर्ने चाहना छ ।
तपाईको कक्षामा कति जना विद्यँर्थी छन् ? तपाई धेरै
जनाको बीचमा पढाएको बुझ्नु हुन्छ ?
मेरो कक्षामा ३० जना विद्यार्थीहरु छन् । ध्यान दिएर सुनेपछि बुझिन्छ ।
तपाई अगाडि बसेर पढिरह“दा तपाईको साथीहरूले पछाडीबाट पढाईमा ‘डिस्टर्ब’ गर्दा कस्तो लाग्छ ?
पढिरहेको बेला हल्ला गरेमा मलाई साह्रै रिस उठ्छ । हल्ला नगर्ने सुझाव दिन्छु ।
तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरू के–के हुन् ?
विद्यालयका नराम्रो पक्ष खासै केही देख्दैन ।
तपाईको विद्यालयको राम्रा पक्षहरू के–के हुन् जस्तो लाग्छ ?

राम्रा पक्ष धेरै छन् । राम्रो शिक्षा दिनुहुन्छ । खानेपानीको व्यवस्था राम्रो छ । शौचालयको व्यवस्था राम्रो छ ।
आफूले चाहेको दिनमा विद्यार्थीले बनाएका क्रियाकलापहरु आफ्नो कक्षाको बोर्डमा टा“स्न मिल्छ । हरेक
महिनाको शुक्रबार वाल म्याजिन निकाल्ने गरिन्छ, शिक्षक–शिक्षिकाहरुले हामीलाई बोलाउ“दा तपाई भनेर
बोलाउनु हुन्छ । शुक्रवारीय अतिरिक्त क्रियाकलाप गराइन्छ ।