२०७७ मंसिर १५, सोमबार

फिल्म हेर्न र खाजा खान जाने बाहेक अरु प्रस्ताव आएको छैन : मोडल विष्ट

kamal 2 के छ खबर ?
सञ्चै छु । ठीक छ ।

 आजभोली केमा व्यस्त हुनुहुन्छ ?
पढाई सँगै मोडलिङमा व्यस्त छु ।

बिहे चाही कहिले हुन्छ नि ?
केटी पाएपछि गर्छु ।

 कस्तो केटी नजरमा छ ?
मेरो नजर भएका अर्काको हुन्छन्, अर्काको नजरमा भएका मेरो नजरमा पर्दैनन् ।

धेरै हेण्डसम हुनुहुन्छ । कत्तिको आयो नि प्रस्ताव ?
हा…हा…हा…प्रस्ताव नि धेरै हुन्छ । फिल्म हेर्न जानी, घुम्नःजानी, पानीपुरी खानी तर बिहनै गर्नी खालको प्रस्ताव आएको छैन ।

 आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा…
आमाको ठाउँमा आमा रोज्छु, प्रेमिकाको ठाउँमा प्रेमिका । यस्तो प्रश्न छुट्टाछुट्टै गर्न ुपर्ने हो किनकी दुवैको छुट्टै
स्थान छ ।

तपाई हिँड्दै गर्दा बाटोमा १ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?
हा…हा…असम्भव कुरा । यदि भेटिहाले भने नि सानो– सानो टुक्रा बनाउदै लादै, बेच्छु । थोरै तपाईंलाई नि दिम्ला,
आउनु लिन ।

कतिवटा म्यूजिक भिडियोमा अभिनय गर्नुभएको छ ?kamal 1
१ दर्जनभन्दा बढी नै भए होलान् ।

मनपर्ने खाना…
नेवारी खाना ।

 मनपर्ने कपडा…
फर्मल ड्रेस नै मन पर्छ ।

 मनपर्ने ठाउँ…
आफ्नै ठाउ सुर्खेत ।

 जिन्दगी के हो ?
जिन्दगी सन्तुष्टी हो ।

 फुर्सद भयो कि डान्सबार जानुहुन्छ रे नि ?
तपाईले कसरी थाहा पाउनु भयो । जान्छु कहिलेकाही फुर्सद भयो भने साथीहरूसँग रमाइलो गर्न ।

 तपाईको जन्म कसका निम्ति ?
मेरो जन्म केही गर्न सकेसम्म समाज र राष्ट्रका लागि, नसके माटोका लागि ।

 कलाकारितामा किन लागिएछ भन्ने लाग्दैन ?
 कलाकारितामा लागेर ठीक गरे जस्तो लाग्छ ।

 सेक्सप्रतिको तपाईको धारणा के छ ?
सेक्स सामान्य कुरा हो, सबैको अवश्यकता हो, कसैले धेरै उपयोग गर्छ, कसैले थोरै फरक यति हो ।

नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा ?

पक्षमा । किनकी सेक्स स्वतन्त्र हुदा नै राम्रो । बलात्कारी बढ्दैन, अझ सेक्स पर्यटन नै ल्याउदा हाम्रो देशलाई फाइदा
नै हुन्छ ।

जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउछ ?

जिन्दगीमा घुम्न जादा आनन्द लाग्छ ।

जिन्दगीमा भुल्नै नसकेको क्षणलाई सम्झिंदा…

त्यस्तो भुल्नै नसक्ने त छैन खासै ।

तपाईको अगाडि साक्षात् भगवान् प्रकट भएर केही माग्न भनेपछि के–के माग्नुहुन्छ ?

हा…हा…हा….यिनको दरबारमा मलाई पनि राखेर ऐश्वर्यहरूको नाच देखाउनु पर्छ भनेर माग्थे ं होला।

मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ?

आबुइ मरेपछि भुत भए पनि सुरूमा आफै तर्सिन्थे अनि आनन्दले सुत्ने थिए घुम्ने थिए , अरूलाई तर्साएर के  फाइदा ।