२०७७ माघ ४, आईतवार

भेरीगंगामा बहुला स्यालको बिकबिकी विगविगी

सुर्खेत फागुन ८ ।  भेरीगंगा नगरपालिकामा स्यालले टोकेर चार जना घाइते भएका छन । भेरीगंगा नगरपालिका ६ र ७ वडामा बेलुकाको समयमा अचानक स्यालले आक्रमण गर्दा भेरीगंगा नगरपालिका ६ निवासी अमर रोकाया,इशवर खत्री, नर बहादुर राना, यस्तै वडा नं ७ निवासी गणेश खत्रीलाई घाइते भएको स्थानीय बासीन्दा जेवी सुनारले जानकारी दिए ।

foxघाइतेहरुलाई स्थानीय मेडिकल हल जहरेमा उपचारमा सामान्य उपचार पछि मेहलकुना अस्पतालमा उपचार भएको बताए ।

घर आसपासै बाटोमा हिडिरहेका बेला कराउदै आएका स्याले एकासी चिथोरे पछि चार जना घाइते भएका हुन । स्यालको टोकाइबाट भेरीगंगा नगरपालिकामा २५ जनाको मेहेलकुना अस्पातालमा उपचार भएको सुनारले बताए ।

गएको एक सातादेखि स्यालको आक्रमणले भेरीगंगा नगरपालिका स्थानीयबासी त्रास भएका छन । एनमोगोल्बल इन्जक्सन नहुदा ४ जना काठमाडौमा उपचारका लागि पठाएको सुनारले जनाकारी दिएका छन ।