इग्रर ब्रिजको ३१ ऋौ वार्षिक उत्सव {चित्रकथा सहित }
सुर्खेत फागुन ८ । यहाँको वीरेन्द्रनगरमा रहेको इगरब्रिज माध्यामिक विद्यालयको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।
वार्षिक उत्सवमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अरु विद्यालयमा आफू आधा घण्टा पनि नबस्ने भएकोले इगरब्रिज विद्यलायले शिक्षा क्षेत्रदेखि अन्य विभिन्न अतिरिक्त क्रिया कलापमा बालबाललिकालाई प्रोहत्सान मिल्ने वातावरण सिजृना गरेको हुदा व्यङय गदै समय बितेको पनि थाहा नभएको बताए ।
जिशिअ शाहाले हरेक शिक्षक अभिभावकहरु जिम्मृवारी भएकोले बालबालिकाहरुलाई सम्मान गर्ने पर्ने बताए । सुर्खेत जिल्लाका शिक्षामा सुधानुपर्ने सुझाव दिने भन्दा स्वार्थका मानिसहरु बढी भएको दुखेसो पोखे । जिशिअ शाहले भने विद्यालयमा पैसा कमाउका लागि विद्यालयमा नआउन अग्रह गरे शिक्षा दिने शिक्षकहरु सम्मान,इज्जत,प्रतिष्ठा कमाउने हो भने विद्यालयमा जानु होस नत्र पैसा कमाउनै कै लागि हो भने स्कुल प्रवेश नगर्न समेत आग्रह गरे ।
जिशिअ शाहले भने अभिभावक, शिक्षकहरु प्रति बालबालिकाहरु लोकतन्त्रको अनुभुति गर्ने नपाएको बताए । घोकाउने काम नगरौ जिन्दगीमा गरेर सिक्ने भावनालाई प्रयोग गर्नुपर्ने बताए । जिशिअ शाहले भने शिक्षक अभिभावकहरुले बालबालिकालाई माया,प्रेम प्यारको ध्यान दिनुपर्ने बताए ।
इग्रर ब्रिज विद्यालयले अगामी दिनहरुमा प्रगतिका बाटाहरु लम्कीने छ । साना नानीहरुलाई खुसी बनाएको प्रशंसा गरेको थिए । वार्षिक उत्सव तथा अभिभावक दिवसमा शिक्षा क्षेत्रमा योग्दान दिने शिखर माध्यामिक विद्यालय रामघाटका प्रधानाध्यापक घनसिंह खडका ,समाजसेवी गेहेन्द्र दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक, गीतदेखि आ–आफ्नो कला प्रदर्शन गरेका थिए । २०७२ सालमा एसएलसीमा उत्कृष्ट नतिजा ल्याउन सफल सोही विद्यालयका अनिता पुलामी र भिम बिसीलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजसेवी गेहेन्द्र दाहाल,शिखर माध्यामिक विद्यालयका प्रधानाध्यापक धनसिंह खडका,उषा वालबाटिका माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सागर भुषाल,होराइज एकेडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,पूर्ण नेपाली,प्यारागन एकेडेमीका प्रिन्सिपल पूर्ण भण्डारी, समाज सेवी भद्र भणडारी लगायतको उपस्थिती रहेको थियो ।
उक्त तस्विर इग्रर ब्रिज माविको फेसबुक पेजबाट साभार गरिएको हो ।