२०७७ कार्तिक ११, मंगलवार

बिजौरामा माओवादीको एकता भेला

maiost-logoसुर्खेत, साउन २१ ।
विजौरामा माओवादी केन्द्रले शुक्रबार एकता भेला गरेको छ । विभिन्न माओवादी घटकहरु मिलेर माओवादी केन्द्र बनेपछि तल्लो तहसम्म एकता भेला अभियान चलाएको माओवादीले सोही अनुसार शुक्रबार विजौरामा पनि कार्यक्रम गरेको हो । सुर्खेत जिल्ला इन्चार्ज तथा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नरबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले ६१ सदस्यीय गाउँ सम्मेलन आयोजक समिति गठन गरेको छ ।

टेकबहादुर मिजारको संयोजकत्वमा गठन भएको आयोजक समितिको इन्चार्जमा मानबहादुर दामी, सहइन्चार्जमा दुर्गा विसी र भोजबहादुर विक, सहसंयोजकमा डिलाकुमारी विसी र ददिराम नेपाली चयन भएका छन् । भोजबहादुर विकको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य नविक विक, खड्क विक, सुर्खेत जिल्ला सचिवालय सदस्य गोपाल विसी लगायतको सहभागिता रहेको थियो ।