२०७७ माघ ११, आईतवार

सुर्खेतका ९५ प्रतिशत घरपरिवारले आयोडिनयुक्त नून प्रयोग गर्दै

सुर्खेत, फागुन ११। साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड सुर्खेतले आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि अभियान तीव्र पारेको छ । कर्पोरेशनले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गर्दै आयोडिनकोयूक्त नूनको प्रयोग बढाउन जिल्लाका विभिन्न विद्यालयदेखि स्वास्थ्य संस्थाहरुमा अभियान तीव्र पारेको हो ।

Ayo-noonकर्पोरेशन सुर्खेत शाखा प्रमुख शिलकुमार पाण्डेले सहशताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्म जिल्लामा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या सतप्रतिशत पु¥याउने प्रयास भईरहेको जनाए । उनले दुई बालबालिका चिन्न अंकित पाकेट नुन सुलभ मुल्यमा बिक्री वितरण तथा जनचेना बढाउन ग्रामीणस्तरसम्म गतिविधि सञ्चालन गरिर्दै आएको बताए । सुर्खेतका ९५ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको उनले दावी गरे ।

उनका अनुसार एक महिने कार्यक्रममा आयोडिनयूक्त नूनको प्रयोग बढाउन चेतनामूलक सन्देश लेखिएका झोला, स्कूल ब्याग, टी–सर्ट, पम्प्लेट जस्ता सामाग्री वितरण गरिएको छ ।

जनचेतनामूलक अभियान अन्तर्गत कर्पोरेशनले सूर्यज्योति मावि मेहलकुना, नेरा आधारभूत विद्यालय धारापानी, नेरा प्रावि छिन्चु र सरस्वती निमावि उत्तरगंगामा अन्तरक्रिया तथा टी–सर्ट, पर्चा, पम्प्लेट, व्यानर वितरण गरेको छ । कर्पोरेशनले यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतमा अन्तरक्रियासँगै जनचेतनामुलक सामाग्री वितरण गरेको थियो ।

जिल्लामा आयोडिन मन्थको उद्देश्यलाई सफल बनाउन अहिले कर्पोरेशनका अञ्चल प्रमुख मनोजकुमार चौधरी, सुर्खेत शाखा प्रमुख पाण्डे, लेखाप्रमुख नवराज अर्कोलियाले अभियान सञ्चालन गरिरहेको प्रमुख सहायक मुनिदत्त पाण्डेले बताए । उनले फेब्रुअरी महिनाभरी गरिएको जनचेतना अभियानबाट आयोडिनको कमीबाट हुने विकृति निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थको रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि सञ्चालन गरिदै आएको छ ।