२०७७ मंसिर १५, सोमबार

गुराँसका अभिकर्तालाई पुर्नताजकी तालिम

सुर्खेत, फागुन ११ । गुराँस लाईफ इन्स्योेरेन्स कम्पनी लिमिटेडका नायव महाप्रवन्धक नारायण प्रसाद भट्टराईले अभिकर्ता हरुको गुणस्तर, उनीहरुको ज्ञानको स्तरको आधारमा विमाको व्यापार वढ्ने वताएका छन् ।

downloadगुराँस लाईफ इन्स्योेरेन्स कम्पनी लिमिटेड शाखा सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको अभिकर्ता भेटघाट तथा पुर्नःतार्जगी तालिममा वोल्दै यस्तो वताएका हुन् । अभिकर्ताकोे क्षमताको आधारमा आम्दानी समेत वढ्ने भट्टराईको भनाई थियो ।

विमा कम्पनीहरुले सरकारको नियमन तथा नियन्त्रणमा रही काम गर्ने भएकाले ढुक्क संग काम गर्न अभिकर्ताहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख केशवराज केसीले विमा योजनाका वारेमा अभिकर्ताहरुलाई जानकारी गराएका थिए ।

४२ जना अभिकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ठ काम गर्ने २२ जना अभिकर्तालाई पुरस्कृत समेत गरिएको छ । कम्पनीले उपलब्ध गराएको स्कीम हात पार्न सफल अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।