२०७७ मंसिर १३, शनिबार

‘प्रचण्ड’ प्रष्टसंग बोल्छन कहिलेकाही बोली फेरिदिन्छन : खडका

ह्याबी इकुप्मेन्ट व्यवसायी संघ सुर्खेतका अध्यक्ष

         मदन खडका सँग

madan khadka♦ के छ खबर ?

हजुर सबै ठिकै छ ।

♦ आजभोली केमा व्यस्त हुनुहुन्छ ?

आजभोली आफनै व्यवसायमा व्यस्त छु ।

♦ तपाई जन्मिनुभएको हो कि जन्माइएको हो ?

मलाई जन्माइएको हो ।

♦ तपाईको जन्म कसका निम्ति ?
मेरा जन्म मेरै लागि हो ।

♦ कलेज पढ्दा कत्तिको आए लभलेटर ?
लभलेटर पठाइयो तर आएनन ।

♦ आमा र प्रेमिकामध्ये एक जनालाई रोज्दा ?
समय अनुसार त मान्छे परिवार पनि रोज्छन । तर म सूरुमा आमालाई नै रोज्छु ।

♦ तपाई हिड्दै गर्दा बाटोमा ५ केजी सुन भेटाउनु भयो भने के गर्नुहुन्छ नि ?

भेटाए भने सबैलाई दान दिने थिए ।

♦ राज्यले तपाईलाई अर्थमन्त्री बनाईदियो भने तपाईको पहिलो प्राथमिकता के हुन्छ ?

राज्यले अर्थ मन्त्री बनाएमा नेपालको प्राकृतिक श्रोत साधानलाई विश्वमा पहिचान र पहल गर्ने काम मुल्य हुथ्यो ।

♦ मनपर्ने खाना ?

सानो उमेरमा चमेना बिस्कुट सारै मन पथ्यो अहिले सामान्य नेपालीले खाने जे हो मलाई नि मन पर्ने त्यही नै हो । भात, दाल, तरकारी ।

♦ डान्सबारमा कतिको जानु भो नि ?

डान्सबार कहिले गएको त छैन तर दोहरी साँझमा गएको छु ।

♦ मनपर्ने संगीत ?

मलाई प्रेम र राष्ट भावका गितहरु सारै मन पर्छ ।

♦ मनपर्ने कपडा ?

सेतो कपडा मन पर्छ तर छिटो मैलो हुन्छ ।

♦ मन पर्ने ठाउँ ?

सुर्खेत मन पर्छ ।

♦ मन पर्ने व्यक्ति ?

मलाइ मन पर्ने व्यक्ति प्रचण्ड हुन किन कि बोली प्रष्ट संग बोल्छन कहिलेकाही बोली फेरिदिन्छन । अरु भन्दा फरक खाल्का व्यक्ति हुन ।

♦ सेक्सप्रतिको तपाईको धारणा के छ ?

सेक्सलाई हेर्न दृष्टिकोण फरक फरक भए पनि यो सबै प्राणिमा अनिवार्य छ ।

♦ नेपालमा सेक्स स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा कि विपक्षमा ?

नेपालमा पनि भित्रभित्रै सेक्स चलेको छ । यसलाई विकृति नफैलाई वौधानिक तरिकामा लैजानु पर्छ भन्ने पक्षमा छु ।

♦ जिन्दगीमा सबैभन्दा मजा के गर्दा आउछ ?

हा हा हा आफुले सोचेको काम पुरा हुदा मज्जा लाग्छ ।

♦ जिन्दगीमा भुल्नै नसकेको क्षणलाई सम्झिंदा ?

भुल्न नसक्ने पलहरु धेरै तर २०४७ सालमा भारत जादा इन्डोर सिटि नजिकै घरबाट भागेर जादा ३ दिन सडको पेटीमा सुतेको पलको सम्झना आउछ ।

♦ कहिलेकाही यो व्यवसाय पेशमा किन लागिएछु जस्तो लाग्दैन ?

रुचि त कानुन क्षेत्र हो । जिवन चलाउनै लागि पनि व्यवसायीक बनियो ।

♦ तपाईको अगाडि साक्षात् भगवान प्रकट भएर कुनै दुई चिज माग भने के–के माग्नुहुन्छ ?

भगवानले २ वटा चिज दिने भए मानिसमा असामानता कम र सकरात्मक सोच अओस भनि माग्थे ।

♦ मरेर भुत भएपछि कस्लाई तर्साउनु हुन्छ ?

भुत यो देशका भष्टचारीहरुलाई तसाउथ्य तर कहिले काही ठुला व्यवसायी पनि भष्टचार थाहा नपाएर भष्टचारको घेरामा परेको हुन्छन ।
                                                                                                                           [प्रस्तुति : राजेन्द्र खडका ‘जलन’ ]