२०७७ माघ १४, बुधबार

पर्यटनमन्त्रीद्वारा सुर्खेत विमानस्थलको निरीक्षण

सुर्खेत, फागुन १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले कर्णालीलाई लक्षित गरी एउँटा ट्वीनटर बिमान सुर्खेतमै राख्ने उदघोष गरेकाछन् ।

jeevan-bahadur-shahi
तस्विर : फाईल

सुर्खेत विमानस्थलको निरीक्षण गर्दै मन्त्रि शाहीले प्रदेश नंम्बर ६ को मुख्य विमानस्थल सुर्खेत भएको भन्दै सरकारले एउटा ट्वीनटर विमान कर्णालीलाई लक्षित गरी सुर्खेतमै राख्ने बताए । चालकहरुको पदपूर्ति आव्हान गरेकोले पदपूर्ति हुन वित्तिक्कै नियमित उडान गर्ने उहाँले बताए ।

सुर्खेत विमानस्थल ६ नंम्बर प्रदेशको उत्कृष्ट विमानस्थल बनाउनका लागि अहिले मर्मत तथा सम्भार थालिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री शाहीको पहलबाट आधा करोड बढी रकम सुर्खेत विमानस्थलको स्वरुप र संरचना मर्मतका लागि छ्ुट्याएर काम अगाडी बढाईएको छ । सुर्खेतकै छिन्चुमा बनाउने भनिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिले सर्वे भइरहेका पनि प्रष्ट पारे ।

निर्माणका लागि अझै ८÷१० बर्ष लाग्ने भएकोले त्यतिबेलासम्म सुर्खेत विमानस्थल नियमित रुपमा संचालन गर्न मर्मत सम्भार गरिएको मन्त्री शाहीले बताए । यसैगरी मन्त्री शाहीले सुर्खेतमा समग्र प्रदेश नम्बर ६ को पर्यटन विकास गर्नका लागि सुर्खेतमा पर्यटन कार्यालय पनि खोल्ने तयारी भइरहेको बताए ।