२०७७ माघ ८, बिहीबार

प्रयोगात्मक शिक्षा आवश्यक

सुर्खेत, फागुन १२ । यहाँको वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमका साभागीले नेपालमा बेरोजगार समस्या समाधान गर्नका लागि प्रयोगात्मक शिक्षा आवश्यक भएको बताएकाछन् ।

?????????????????????????????????????????????????????????

मध्यपश्चिमाञ्चल विश्वविदालय सुर्खेतको समन्वयमा युथ सेभ नेपालको आयोजनामा भएको ‘वर्तमान शिक्षा प्रणाली र युवा बेरोजगार’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अमेरिकामा लामो समय अध्यापन तथा ब्यापार गरेका दर्शन रौनियारले ले अभ्यास गर्दै सिक्ने प्रयोगात्म शिक्षा भए मात्रै बेरोजगार समस्या हल हुने बताए ।

उनले युवाहरु देशको भविष्य भएको भन्दै युवाहरुलाई परिस्थिति अनुसार परिवर्तन गर्न सक्ने शिक्षा प्रणालीको आवश्यकता भएको बताए । उनले नेपालमा कुनै पनि कामलाई निरन्तरता नदिदा पनि असफल हुने गरेको भन्दै कडा मेहेनत र निरन्तर रुपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा मप विश्वविद्यालयका मानविकि तथा सामाजिक शास्त्र केन्द्रीय क्याम्पस प्रमुख आनन्द सुवेदीले पनि युवाहरुलाई ब्यवहारिक र प्रयोगात्मक प्राविधिक शिक्षा आवश्यक भएको बताएका थिए । कार्यक्रममा मप विश्वविद्यालय विद्यार्थीहरुके उल्लेख्य सहभागित ारहेको थियो ।