२०७७ मंसिर १३, शनिबार

शिवरात्री मेला व्यवस्थित गर्न समित

सुर्खेत, फागुन १२ । यही फागुन १३ गते यहाँको लाटिकोइलीमा रहेको शिव मन्दिरमा लाग्ने शिवरात्रि मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

shivaशिवविहार पुस्तकालयको आयोजनामा हुने मेला व्यवस्थापनको लागि बुधबार बसेको बैठकले आर्थिक, ध्वजापतका, यातायात, प्रसाद व्यवस्थापन, भजन व्यवस्थापन, बजार व्यवस्थापन, स्वास्थ्य सम्पर्क, स्वयमसेवक, गेट निर्माण, पार्किङ व्यवस्थापन लगायतका उपसमिति गठन गरेको हो ।

यस्तै आयोजक शिवविहार पुस्तकालयले यो वर्ष मेलामा भिड्भाड नहुने गरी व्यवस्थापन गर्ने बताएको छ । साथै मेलामा आउनेहरुका लागि नजिकै रहेको पुरातात्वीक महत्व बोकेको काँक्रेविहार भग्नाबशेषको निशुल्क अवलोकनको व्यवस्था पनि मिलाएको छ । मेलाको दिन काँक्रेविहारमा टिक शुल्क नलाग्ने जनाइएको छ ।