२०७७ माघ ७, बुधबार

महिला हिंसाको कारण सामाजिक प्रथा, कुरिती र परम्परा

सुर्खेत, फागुन १२। अधिकारकर्मीहरु महिलाहरु हिंसामा पर्नुको मुख्य कारण सामाजिक प्रथा, परम्परार कुरिति भएको निश्कर्षमा पुगेका छन् ।

womanयहाँको वीरेन्द्रनगरमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘सामाजिक प्रथा, परम्पर, कुरिति लगायत यौनजन्य दुव्र्यबहारका कारण महिला माथि हुने हिंसा विषयक छलफल कार्यक्रम’ मा सहभागी सरोकारवाला तथा अधिकारकर्मीहरु यस्तो निश्कर्षमा पुगेका हुन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय महिला आयोगका उपसचिव सीता शर्मा (अधिकारी) ले सामाजिक प्रथाहरु, परम्परा तथा कुरितिहरु छाउपडि, कुमारी प्रथा, दाइजोप्रथा, बालविवाह, कमलरी प्रथा, छुई प्रथा, झुमा प्रथा, जारी प्रथा लगायतका कारण महिलाहरु हिंसामा पर्ने गरेको बताइन । उनले यस्ता कारणहरुले हिंसामा परेका पीडित महिलाहरुले जिन्दगीको अन्तिम निर्णयका रुपमा आत्महत्या गर्ने सम्मका निर्णय गर्ने गरेको बताइन ।

उपसचिव अधिकारीले नेपालमा महिला हिंसा नियन्त्रण तथा महिला अधिकारका लागि थुप्रैै काुनन र ऐनहरु बनेको भएपनि यस्ता कुरितिहरु, प्रथाहरु र परम्पराहरुले महिलाहरुले अधिकार प्राप्त गर्न नसकेको बताइन । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष भगवति घिमिरेले रुढीबादी चालचलन र कुप्रथाका कारण महिला पछि परेको भन्दै यस्ता प्रथा र परम्पराको अन्त्य गर्न सबैको साथ आवश्यक रहेको बताइन ।

यस्ता प्रथाहरु कै कारण महिला हिसां समेत दिनानुदिन बढ्दै गएको भन्दै उनले अझै पनि छोराको चाहनाले छोरीमाथि विभेद् हुने बताइन । उनले अहिले बिभिन्न हिसांबाट पीडित महिलाका समस्यालाई मध्यनजर गर्दै नीति निमार्ण तहमा समेत घचघच्याउने र महिलाहरुका लागि आयोग सहयोग गर्न सधै तत्पर रहेको समेत बताइन ।

कार्यक्रममा सहभागीहरुले महिलामाथि हुने जघन्य अपराध कुटपिट,बलात्कार, यौन शोषण जस्ता क्रियाकलाप समेत यस्तै कारणले हुने गरेको बताएका थिए । समाजमा नागरिकहरु शिक्षत भएपनि यस्ता रुढिबादी परम्पराहरुका कारण महिलाहरु पीडित हुनुपरेको बताएका थिए ।

कार्यक्रममा सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले शिक्षित भएका नागरिकहरुले पनि विभिन्न प्रथा, परम्परा र कुरितिहरुलाई आत्मसाथ गरिरहेको भन्दै अब फरक शिक्षाको आवश्यकता भएको बताए । यस्तै सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भएका ऐन, कानुनको कार्यन्वयन गर्न सके महिलाहरुमागि हिंसा कम हुने बताएका थिए ।

यस्तै कार्यक्रममा सहभागीहरुले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाए महिला हिंसा कम हुने बताएका थिए । कार्यक्रममा बोल्दै जिल्ला विकास समिति सुर्खेतका योजना अधिकृत पर्शुराम उपाध्यायले बजेट निर्माण गर्दा पनि महिलामैत्री बजेट निर्माण गरी महिला उद्यमी निर्माण गरी महिलालाई अािर्थक रुपमा सक्षम गराए हिंसा आफै कम हुँदै जाने बताए ।

यस्तै घरेलु तथा साना उदोग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले पनि महिलाहरुलाई लघु उद्यममा आकर्षण गरी आर्थिक रुपमा सक्षम गराएर हिंसाबाट मुक्त गर्न सकिने बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधीहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।