२०७७ मंसिर ९, मंगलवार

१४ गतेदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, एक हजार ५० खेलाडिको सहभागिता हुने

सुर्खेत, फागुन १३ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यही फागुन १४ गतेदेखि भेरीगंगा नगरपालिकाको शिखर माध्यामिक विद्यालयको आतिथ्यतामा हुने भएको छ ।

khel१६ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन कार्याक्रम तथा खेल संचालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि जिल्लाका तीन वटै विकास क्षेत्रबाट खोडिहरु छनौट समेत गरिसकेको र अब छनौट भएका खेलाडिहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीले बताए ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनलेप्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि सम्पूर्ण तयारी गरिएको जानकारी दिएकाछन् । प्रतियोगिताको उद्घाटन सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालको प्रमुख आतिथ्यतामा हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

विद्यालय तहका छात्राछात्रहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले हरेक वर्ष सञ्चालन हुने यो प्रतियोगितामा या वर्ष सुर्खेत जिल्लाका विभिन्न विद्यालयका एक हजार ५० जना विद्यार्थीहरुले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स अन्तरगत दौड, हाईजम्प, लङगजम्प, त्रिपलजम्प, ज्याभलिङ्ग थ्रो र सटपुट, भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिताका साथै मार्सलआर्ट तर्फ कराँते र तेक्वान्दो खेल सञ्चालन हुने अध्यक्ष गिरीले जानकारी दिएका छन् ।

जसअन्तर्गत सबैभन्दा बढी खेलाडिहरु यथ्लेटिक्सतर्फ तीन सय ४० जना, भलिबल र कबड्डीमा एक सय एक सय ८०÷एक सय ८० जना, उसुमा ५०, कराँतेमा एक सय ५० जना र तेक्वान्दोमा पनि एक सय ५० जना खेलाडिको सहभागिता हुनेछन् । तीन दिनसम्म हुने प्रतियोगिताका लागि एक सय जना प्राविधिक तथा अफिसियलहरुको सहभागिता हुनेछन । प्रतियोगिताका लागि प्राविधिक टोलि आज (शुक्रबार) प्रतियोगिता स्थल पुगेर स्थल निरीक्षण गर्ने जनाइएको छ ।

प्रतियोगिताका लागि १४ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रालयले ६ लाख ६१ हजार, जिल्ला विकास समिति सुर्खेतले २ लाख ५० हजार रकम उपलब्ध गराएको छ । अन्य आवश्यक रकमको सहयोग अपेक्ष नगरपालिका लगायतका ठाउँमा गरिएको अध्यक्ष गिरीले बताए ।