२०७७ माघ ३, शनिबार

नारीले पुरुषको हात समातेर समाजमा ल्याउन गल्ती गरेकै हुन त ?

त्यो १६ औं सताब्दी ढुङ्गे युग, के खाइयो, के लगाइयो, कहाँ बसीयो जे जे गरियो सबै जङ्गलमा नै गरियो । त्यो अचेतन दिमागलाई त्यो समयले निरन्तर चलाइरह्यो । युग वा यो शताब्दीको परिवर्तनसंगै अचेतन दिमाग पनि चेतनशील बन्दै गयो । समयको चक्रसंगै विकासको गति निरन्तरता चलिरह्यो ।

ssssसबै भन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा मानव जाती प¥यो । त्यसमा पनि प्रकृतिको नियम र जिवनचक्रलाई निरन्तरता दिन मानव जाती महिला पुरुष पनि भयो । यो कटुसत्यलाई परिवर्तन गर्नु पर्छ भन्ने ढिँपीमा म लागेको होइन । यसलाई त यो संसारमा कुनै यन्त्र यन्त्रले परिवर्तन गर्न सक्दैन ।

मलाई यसमा बेचैनी छ, दिनरात, चोक–चोक, सेमीनार, गोष्ठी, भेला, आदी जहाँ पनि नारी सिङगै धर्ती, आकाश, सृष्टी, संसार सबथोक हो । यस्तै यस्तै नारीलाई पुज्नु पर्छ । नारी जननी हुन, दुर्गा, भगवती, काली, लक्ष्मी, आदी हुन् । यी सब सैद्धान्तिक भाषणहरु सुन्न पाइन्छ ।

बिडम्बना यी सैद्धान्तिक भाषणहरु लागु भएका छैनन् । एउटा कुशल नेता होस् या शिक्षक होस् समाजको यथार्ततालाई प्रष्ट्याउने सञ्चारकर्मी होस् । उनीहरुकै परिवारमा हेर्ने हो भने श्रीमतीले ढिलो खाना बनाएको निहुँमा नारीको अस्तित्वको हत्या गरिन्छ । नारी स्वतन्त्रता र इज्जत लुटपाट गरिन्छ र चोक चोकमा कहलाउदैन रु नारीको इज्जत गरेका छौं भनेर ।

जसले आफ्नो विगतको यथार्ततालाई विर्सीन्छ, उसले कसरी सम्झीन सक्छ अरुको व्यथा अनी यथार्तता त्यस्तै भएको छ यहाँ, त्यो अनन्तकालमा यही नारीले तिम्रो हात समातेर यो समाजमा आपूm संगै जीवन सीकाएको बिर्सीयौ रु तिमीले जसले तिम्रो उन्नती र प्रगतीको लागि हातमा हात र काँधमा मिलाएर अगाडि बढाइन, उसकै अस्तित्वलाई समाप्त पार्न खोज्दैछौं ।

त्यो नारीवादी समाजमा तिम्रो अस्तित्वको रक्षा गरेर यो समाजमा र यो २१ औं सताब्दीमा हात समातेर ल्याउनु नारीको ठूलो भूल रहेछ । आज त्यसैको फाइदा उठाइरहेका छौं । तिमीले जहाँ भेट्यो त्यही उसको अस्तित्वको हत्या गरेर, इज्जत लुटेर, बाहानै बाहाना पारेर, हैन किन तिमी पुरुषवादी बन्दैछौं रु किन आफ्नो विगतको याथर्ततालाई बहन गर्न सकेका छैनौं रु तुलना गर आफ्नो यथार्थता नारीसंग तिमीलाई अनुभव हुने छ ।

कि तिमी नारी भन्दा कति पछाडी छौं रु आपूm अगाडि छु भनेर, आफ्नो प्रशंसा आफै गर्नु त तिम्रो भ्रम र अहमता मात्र हो । “जो चोर उसकै ठूलो सोर” यो उखान तिमीसँग मिल्छ । बिहान ५ बजे निस्केर चोक चोकमा गफ हानेर साँझ ८ बजे रक्सी धोकेर आएपनि एउटा नारीले तिम्रो सम्मान गर्दै खान दिन्छे सुत्न दिन्छे कुनै जवाफबिना नै तर त्यही नारी एकपटक मात्र खाजा पसलमा खाजा खान गएपनि वरिपरिबाट उसलाई नै हेरेर उसको आचरण बुझ्न खोज्छौ ।

कुनै कामले केही समय ढिलो भएपनि किन ढिलो रु प्रश्न उठ्छ । अन्जान छु म यही कुरामा, आखीर किन यस्तो रु के त्यो अनन्तकालमा नारीले पुरुषको हात समातेर समाजमा ल्याउन गल्ती गरेकै हुन त