२०७७ मंसिर १५, सोमबार

नाबुनको अध्यक्षमा गुरुङ्ग

सुर्खेत, फागुन १४ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को सदस्य युनियन मध्य राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को सुर्खेतको जिफन्ट कार्यालयमा विहीवार सम्पन्न भएको छ ।

सौन्दयकर्मीहरुको एक भेलाले व्युटिसियन शोभा गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय सुर्खेत जिल्ला कमिटी गठन गरेको छ । वीरेन्द्रनगर नगर क्षेत्रभित्र विभिन्न स्थानमा व्यूटि पार्लर सञ्चालन गरिरहेका सौन्दयकर्मीहरुको वृहत भेलाबाट जिल्ला कमिटीको उपाध्यक्षमा मौसमी श्रेष्ठ, सचिव राधा श्रेष्ठ, सह सचिव गीता खड्का र कोषाध्यक्षमा सिर्जना थापा रानालाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमशः रितु पन्त, भावना, तारा कार्की, अमृता पुन, दीप भण्डारी लगायतलाई चयन गरेको छ । भेलाका प्रमुख अतिथि जिफन्ट छ नं. प्रदेश कमिटीका संयोजक कमल गौतमले व्यूटीपार्लरमा प्रयोग हुने सामग्रीहरु गुणस्तरीय कायम हुनपर्ने बताएका छन् । व्युटिसियनहरुलाई सिटीइभिटीबाट मान्यता प्राप्त लेभल ३ को कोर्ष तयार गर्नुपर्ने र विना धितो एक लाखसम्म जुनसुकै वित्तिय संस्थाहरुले ऋण निर्वादमा रुपमा दिनुपर्ने जोड दिए ।

संयोजक गौतमले नव निर्वाचित कमिटीलाई सपथ ग्रहण गराउँदै आफ्ना हक अधिकार लागि सौन्दयकर्मी आफैंमा सक्षम बन्नु पर्ने धारणा राखेका थिए । त्यसैगरी भेलाका अतिथि जिफन्ट जिल्ला कमिटी अध्यक्ष श्रीपाल सारुले स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तरगत व्युटिपार्लर सम्बन्धी पाठ्यक्रम तयार पारी राखिनु पर्ने साथै यावत कुराहरुलाई सहजीकरण गर्न जिफन्ट प्रमुखताका साथ लडिरहेको बताए ।

भेलामा जिफन्टमा आवद्ध घटक युनियनहरुका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । यसै क्रममा सुर्खेतमा जिफन्ट घटक युनियनहरुको सदस्य संख्या दश पुगेको छ ।