२०७७ कार्तिक १५, शनिबार

पर्खाल लगाउने कोशिश नगर्नुहोला, किनकी म अखण्ड नेपाल चाहान्छु

                                           कविता
मानवरुपि सभ्य बनाउने समाज ,ggggg
आफ्नो इच्छा आकान्क्षा पूरा गरि
मानव बनाउने समाज ,
मैले घरको वरिपरि पर्खाल लगाउदैमा,
मैले घरको वरिपरि सुरक्षाकर्मी खटाउदैमा,
म बाचेर देश रोएको हेर्न सक्दिन
गरिब जनताको पसिनाको कमाइले
वीर गोर्खालीको डर छ दुनियालाइ  !!

समाधान अबश्य छ ,
भोलि नाकाबाट एउटि महिला बेचिन भने ।
अरब देशका खाडिमा दिन दाहाडै बेचिन पुगे भने,
चिसियको रगत तातिन बेर लाग्दैन ।
त्येसैले मलाइ मानव बनाउने प्रयत्न गर समाज,
मलाई चिनेर सब्य मानव बनाउ समाज
किन कि म पनि मानव हु ,
पशु सरह बेचिन चाहान्न ,
मेरो पनि तिमिहरु जस्तै हृदय छ,
मेरो पनि तिमिहरु जस्तै बग्ने रगत पसिना छ,
मैले कतै छुट्टै नेपालको परिकल्पना गरेको होइन,
बरु मैले यो मागेको हु,
मैले बाच्न पाउने अधिकार मागेको हु,
तिमिहरु जस्तै हिड्ने घुम्ने अधिकार मागेको हु।
सयौ थुङ्गामा एक थुङ्गा अटाउन चाहान्छु,
जबकी मलाई चिया माटो मा बसेर पिउन मन छ
र मैले गर्ने हरेक कामका निर्णय म आफै गर्नु छ।
म तलाउ हैन
नदि सागर बनेर बग्न चाहान्छु,
पर्खाल लगाउने कोशिश नगर्नुहोला
किनकी
म अखण्ड नेपाल चाहान्छु।

घनश्याम राना ऋतु
मटेला २, अवलजोगाडा सुर्खेत