२०७७ मंसिर १०, बुधबार

स्ववियुमा सुर्खेत क्याम्पस (शिक्षा) म, त्रीपक्षीय प्रतिस्पर्धा यी हुन मुख्य तीन प्रतिस्पर्धी

सुर्खेत, फागुन १४ । यही फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सुर्खेत क्याम्पस (शिक्षा) मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

fsu 4 photoमतदानको मिति नजिकिएसंगै क्याम्पसमा मुख्य प्रतिस्पर्धी विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवारहरु घोषणा गर्ने क्रम जारी नै राखेका छन् । अहिलेसम्म औपचारिक रुपमा नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) र नेकपा (एमाले) को अनेरास्ववियुले पनि औपचारिक रुपमा सभापतिका उम्मेदवार घोषणा गरिसकेको छ । नेपाली काँग्रसको नेपाल विद्यार्थी संघले औपचारिक रुपमा उम्मेदवारहरुको घोषणा नगरेतापनि उम्मेदवारको टुङगो लागिसकेको सुत्रको भनाई छ ।

अब स्ववियु निर्वाचनमा यीनै तीन संगठनहरुबीच प्रतिस्पर्धा हुने छ । अन्य विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरु पनि दर्ता भएतापनि मुख्य गरी यी तीन द्यिार्थी संगठनहरुबीच त्रीपक्षीय प्रतिस्पर्धा हुनेछ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले सबैभन्दा पहिले जिल्ला अध्यक्ष समेत रहेको महेश जिसीलाई उम्मेद्वार घोषणा गरेको छ । यस्तै अनेरास्ववियुले चत्र शाहीलाई सभापतिमा उठाउने औपचारिक घोषणा गरिसकेको छ ।

यता नेपाल विद्यार्थी संघले औपचारिक रुपमा सभापतिका उम्मेदवार घोषणा नगरेपनि क्याम्पसका कार्यबहाक सभापति राजकुमार सिजापति सभपतिका उम्मेदवार पक्का भइसकेको स्रोतले बताएको छ । नेविसंघले अहिले सिजापतिकै नेतृत्वमा प्रचारप्रसार अभियानलाई तीव्रता दिएको छ । क्रान्तिकारीले र अनेरास्ववियुले भने पदाधिकारीहरु समेतको टुङगो लगाइसकेकाछन् । अनेरास्ववियुले सचिव र कोषाध्यक्षका उम्मेदवारहरु पनि सार्वजनिक गरिसकेको छ भने क्रान्तिकारीले बाहिर सार्वजनिक गरेको छैन ।

यस अघि भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी भएकोले अहिले पनि आफूहरु विजयी हुने दावी अनेरास्ववियुले गरेको छ । क्रान्तिकारीले भने क्याम्पसमा आफ्नो संगठन स्थापित भएको र विद्यार्थी माझ लोकप्रीय भएकोले जीत सुनिश्चित रहेको दावी गरेको छ । संगठनको यस अघि स्ववियुमा प्रतिनिधित्व नभएता पनि क्याम्पसमा विद्यार्थीहरुका लागि काम गरिरहेकोले विद्यार्थीको विश्वास जित्न सजिलो रहेको सभापतिका उम्मेदवार महेश जिसीले बताए ।

नेपाल विद्यार्थी संघले पनि आफूहरुको संघमा कुनै विवाद नभएकोले निर्वाचन जित्ने दावी गरेको छ । सभापतिका उम्मेदवारका रुपमा आफू नेविसंघमा निर्विकल्प भएको भन्दै राजकुमार सिजापतिले नेविसंघका पक्षमा विद्यार्थीको माहोल रहेको दावी गरे । उनले निर्वाचनमा कुनै संगठनसंग एलान्स भएपनि आफू सभापति नै हुने बताए ।

सुर्खेत क्याम्पस (शिक्षा) मा यी मुख्य तीन संगठनमा आन्तरिक रुपमा विवाद समेत नभएकोले कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाल विद्यार्थी संघ र अनेरास्ववियुमा अन्य ठाउँमा उम्मेदवारका लागि नै विवाद भएपनि यो क्याम्पसमा भने विवाद नरहेको संंगठनहरुले दावी गरेकाछन् ।

सुर्खेत क्याम्पस (शिक्षा) म यी तीन संगठन बाहेक विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको अखिल (क्रान्तिकारी), मजदुर किसान पार्टीको नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अनेरास्ववियु (छैठौं), नयाँ शक्ति विद्यार्थी युनियन, प्रगतिशिल संयुक्त विद्यार्थी मञ्च र अखिल संयुक्त विद्यार्थी संगठन पनि दर्ता भएकाछन् ।