२०७७ मंसिर ९, मंगलवार

अमरदिपमा तालाबन्दि

सुर्खेत, फागुन १५ । स्ववियु निर्वाचनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदैै सुर्खेतको नेवारेमा रहेको अमरदिप क्याम्पसमा बिभिन्न बिद्यार्थि संगठनहरुले तालाबन्दि गरेको छन ।

क्याम्पसमा उम्मेदवारी गर्न जाँदा स्ववियु चुनाव हुदैन भनेर क्याम्पस प्रशासनले आफ्ना क्रियाकलाप अवरुद्ध पारेको भन्दै पाँच बिद्यार्थि संगठनले संयुक्त रुपमा तालाबन्दि गरेका हुन । नेपाल बिद्यार्थी संघ, अखिल (क्रन्तिकारी), नेपाल क्रान्तिकारी बिद्यार्थी संघ,बैद्य निकट अखिल (क्रन्तिकारी) र अखिल छैठौले तालाबन्दि गरेका हुन ।

त्रिभुवन बिश्व बिद्यालयले सार्वजनिक गरेको कार्यतालिका मिचेर फर्जि बिद्यार्थी भर्ना गरी निर्वाचन समितीले कुनै एउँटा समूहको हालिमुहाली गरेको भन्दै बिद्यार्थि संगठनहरुले गम्भीर आपत्ती भएको जनाएका छन ।

सबै बिद्यार्थी संगठनहरुसंग समन्वय नगरी हुन लागेको निर्वाचन रोक्न तालाबन्दि गरीएको भन्दै स्वच्छ र निष्पक्ष वातावरणमा चुनाव गराउँने वातावरण तालाबन्दि नभएसम्म यथावत रहने अखिल (क्रान्तिकारी) का भिम कठायतले जानकारी दिए ।