२०७७ मंसिर ९, मंगलवार

प्रेस युनियनद्धारा हस्ताक्षर अभियान सुरु

सुर्खेत, फागुन १५ । नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ सुर्खेतको अधिवेशन पटक पटक स्थगित भएको प्रति प्रेस युनियले हस्ताक्षर अभियान थालेको छ ।

?????????????????????????????????????????????????????????

अधिवेशन अन्यौलमा परेपछि नेपाल प्रेस युनियन सुर्खेत शाखाले अधिवेशनको मिति जतिसक्यो छिटो तोक्नका लागि शाखा तथा केन्द्रलाई दवाव दिन हस्ताक्षर अभियान थालेको जनाएको छ । दुई पटकसम्म अधिवेशनको मिति तोकिएको स्थगित गरिएपछि व्यक्तिगत स्वार्थ हावी हुन पुगेको भन्दै छिटो मिति तोकेर अधिवेशन गर्नुपर्ने माग युनियनको माग रहेको छ ।

महासंघको जिल्ला तथा केन्द्रका पदाधिकारीहरुको गैरजिम्मेवारीका कारण सुर्खेत शाखाको अधिवेशन पटक पटक स्थगित हुनपुगेकोले नयाँ मिति तोकेर अधिवेशन गर्न दवाव दिने उद्देश्यले हस्ताक्षर अभियान थालिएको युनियन सुर्खेतका अध्यक्ष नरेशसिंह थापाले बताए । शनिबार मात्र ६० जना भन्दा बढी पत्रकारहरुले छिटो अर्कोे अधिवेशनको मिति तोक्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन ।

शुद्धिकरणमा परेको ९० जनाको विषयलाई लिएर पनि शाखामा विवाद चुलिएको छ । शुद्धिकरणमा परेका पत्रकारहरुको विवाद मिलाउने जिम्मा केन्द्रलाई दिएपनि केन्द्रीय प्रतिनिधि नतोकिंदा त्यस विषयमा विवाद झन बढेको हो ।

यता पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले पटक पटक अधिवेशन स्थगित गरिएकोप्रति क्षमा माग्दै केन्द्रको हस्तक्षेपका कारण महासंघको अधिवेशन तोकिएको मितिमै हुन नसकेको बताउनु भएको छ। केन्द्रकै हस्तक्षेपका कारण भेरी अंचलको बाँके बाहेक ४ जिल्लामा अधिवेशन स्थगित हुनपुगेको छ ।

दैलेखमा पत्रकारहरुवीच सहमतिको आधारमा छनौट गर्दा केन्द्रले केन्द्रीय प्रतिनिधि नपठाएर रोकिएको छ भने जाजरकोटमा पनि सहमतिकै प्रयास गर्दा पनि हस्तक्षेप गरी रोकिएको छ । बर्दियाको अधिवेशन पनि रोकिएको छ भने केन्द्रीय नेताको व्यक्तिगत स्वार्थका कारण महासंघको गरिमामाथि आँच पुग्न लागेको प्रष्ट देखिएको पत्रकारहरुले जनाएका छन ।