२०७७ मंसिर ९, मंगलवार

शिक्षा क्याम्पसमा क्रान्तिकारी र छैठौको एलाइन्स

सुर्खेत फागुन १५ ।  अगामी फागुन १८ गते हुन लागेको त्रिभुवन विश्वविद्यालय अन्तगतको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) र राष्ट्रिय जनमोर्चाको अखिल (छैठौं) बीच एलाइन्स भएको छ ।

निर्वाचनमा सुर्खेत क्याम्पस (शिक्षा) मा दुई संगठनबीच एक भएर जाने गरी सहमति भएको हो । अखिल (छैठौ) र अखिल (क्रान्तिकारी) बिचको कार्यगत एकतामा अखिल छैठौलाई उपसभापति र प्रत्यक्ष तर्फको एक सदस्य दिने भएपछि कार्यगत एकता भएको हो ।

एकता पछि क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य देविचन्द्र उपाध्याय र छैठौका केन्द्रीय सदस्य धर्मराज दानीले हस्ताक्षर गरी विज्ञप्ति सार्वजनिक गरेकाछन् । उनीहरुले विज्ञप्तिमा अखिल क्रान्तिकारीको संयूक्त प्यानललाई विजयी गराउन विद्यार्थीहरुलाई आग्रह समेत गरेकाछन् ।