२०७७ मंसिर १६, मंगलवार

पुर्नउत्थान पार्टीले विरोध प्रर्दशन

सुर्खेत फागुन १५ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न अटेर गर्ने मौजुदा ऐन कानुन धर्म सँस्कृति नमान्ने राष्ट्रियता आँच आउने विखण्डनकारी निणर्य र सम्झौता गरेको भन्दै पुर्नउत्थान पार्टी नेपालले नेपालगञ्जमा १६ गते विरोध गर्ने जनाएको छ ।

शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी पुर्नउत्थान पाटी नेपालका अध्यक्ष गोविन्द्र बहादुर पौडेलले यस्तो जानकारी दिएका हुन् । भुकम्प पीडित, आगजनी, दैवी प्रकोपमा परेका पीडितलाई क्षतिपूर्ती दिन सर्वोच्च अदालतले पटक पटक परमादेश आदेशको कार्यान्वन गर्न अटेर गरेको भन्दै विरोध प्रर्दशन गर्ने बाध्य भएको उनले बताए ।

जनतालाई गृहयुद्धमा धकेल्ने राष्ट्र सेवक शिक्षक कर्मचारीका सेवा सुविधा कटौती गरि राष्टपति र प्रधान मन्त्रीले पेन्सन सरह बिलासी सुविधाका लागि ८÷१० महिनामा सरकार फेरबदल गर्ने प्रवृतिले देशको विकास नभएको उनले बताए ।

उनले शिक्षा क्षेत्रमा पहिलो र ऐतिहासिक ठुलो मुद्दा भएकोले २०५९ सम्म कार्यरत कर्मचारीलाई गोल्डेन चेक दिने सबै प्रकारका अस्थायी शिक्षकले स्थायी सरह सुविधा पाउनु पर्ने बताए ।