२०७७ कार्तिक ९, आईतवार

जमाना बदिलियो अब छोराले बाउ भन्दैन्न

          gggggमुक्तक

कसैले सम्झेला नसम्झेला म मर्ने दिन,
साथ सङ्गत सब्बै बिर्सेला म मर्ने दिन।
किस्मतमा लेखेर आएको छ उ परबाट,
समयले कसरी साथ देला म मर्ने दिन।

        मुक्तक

यदि कसैलाई मर्ने दिन, थाहा हुने भए,

जिन्दगी जिउन कठिन, थाहा हुने भए।

अमीर घाटमा पैसा जलाउथ्यो होला,

स्वर्गमा बास छिनछिन थाहा हुने भए ।

          मुक्तक

तीमि आइनौ भने यो शहरमा,
कति पिडा होला हर प्रहरमा।

सब थोक सिध्याइसके पछि ,
अमृत भेटिएको छ जहरमा।

        मुक्तक

काडाहरु पन्छाउदै पुग्नुछ मैले,
जिन्दगी दौडाउदै लहरमा।

जत्ती आखामा सजाएपनी।
पूरा कहिल्यै नहुने रहरमा।

       मुक्तक

न आगो हुनेछ हेर न पानी हुनेछ,
मात्र प्रदेशी छोराको कहानी हुनेछ।
जन्मदा खोटो तक्दिरमा प्रदेशिए,
मान्छेसङ्ग जिन्दगी बैमानी हुनेछ।

     मुक्तक
छन कति आशामा दरबार चलाउनेहरु छन,
म बाचेको देखेर तरबार चलाउनेहरु छन।
कसरी सम्झाउ म मानवअधिकार यो भनेर,
हत्या हिंसा विरुद्ध संसार चलाउनेहरु छन ।

         मुक्तक
बनाउछु जिब्नन भरी पुग्ने गाँस बनाउछु,
दुनियाँमा जित्ने एक बिश्वास बनाउछु।
मेरो पसिनाको मुल्य हेर्दै जानू सबैले,
जिन्दगी जिएको एक उलास बनाउछु।

          मुक्तक

छ भने सुबुद्दी तिम्रो बाचेकाले देश बचाउ,
झुकेको मर्माहत आमाको शिर उठाउ ।
सरकार अब आफ्नै देशमा देउ रोजगार ,
बुद्धको देशमा नेपाली रुने कहिल्यै नबनाउ।

                     गजल

साच्चै जलाउदा शिर भन्दैनन पाउ भन्दैनन,
जमाना बदिलियो अब छोराले बाउ भन्दैनन।

गुनासो छ यो बाध्यतासङ्ग अनि सरकारसङ्ग छ,
परदेशमा परदेशि दाजुभाइलाई नजाउ भन्दैनन।

मुस्किलले हिजो मुटु टुक्रा टुक्राबाट बचेथ्यो,
छियाछिया भएको मन भन्दैनन घाउ भन्दैनन।

हिजो यहि ढुङ्गा माटोमा हुर्किएका नानिबाबुहरु,
उता शहरको सिमा नागेपछि यता गाउँ भन्दैनन।

अँध्यारो यो जिन्दगी सारङ्गिको धुन मिसाउदै,
भेलहरुको सुख दुखमा हात समाउ भन्दैनन।

                                                   ____घनश्याम राना ( ऋतु )
                                                           मध्यपश्चिम, सुर्खेत