२०७७ मंसिर १३, शनिबार

नेविसंघद्वारा उम्मेदवार घोषणा

सुर्खेत, १५ फागुन ।  यही फागुन १८ गते हुने स्ववियु निर्वाचनमा सुर्खेत क्याम्पस (शिक्षा) मा नेपाल विद्यार्थी संघका तर्फबाट उम्मेदवारी घोषणा भएको छ ।

Nebisanghशनिवार आयोजित उम्मेदवारी घोषणा सभामा राजकुमार सिंजापतिको नेतृत्वमा स्ववियुमा जाने उम्मेदवारहरुको नामावली घोषणा गरिएको हो । नेविसंघका केन्द्रीय उपाध्यक्ष खड्कबहादुर डांगीले उम्मेदवारहरुको नामावली घोषणा गरेका हुन् ।

सभापतिमा राजकुमार सिंजापति, सचिव राजाराम ऐडी, कोषाध्यक्ष अस्मिता खनाल र ७ जना सदस्यहरुमा नवीन शाही, टिकाप्रसाद खनाल, विना जैसी, राजकुमार रावल, हरि खनाल, हरिजंग राना र नमबहादुर शाही घोषणा गरिएका छन् ।

प्रत्यक्षतर्फ १० जना समानुपातिकतर्फ ९ जना गरी कूल १९ सदस्यीय कार्यसमिति हुनेछ । कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले आगामी १८ गतेको स्ववियु निर्वाचनमा शिक्षा क्याम्पसमा नेविसंघ को पकड ल्याउन सुझाव दिए ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष खड्कबहादुर डांगीले प्रदेश नं. ६ का सवै क्याम्पसहरुमा नेविसंघ को बिजयको झण्डा गाड्न जोड दिए । सुर्खेतको शिक्षा क्याम्पस प्रदेश नं. ६ को मुख्य केन्द्र भएकोले नेविसंघ ले जसरी पनि बिजय हासिल गर्नुपर्ने बताए ।