सेक्स गर्न १ घण्टाको ‘पेड लिभ’: जोडीका लागि अनौठा नियम
एजेन्सी । विश्वमा अनौठा र आश्चार्य लाग्ने नियम कानुन छन्, जसका बारेमा सुनेर तपाई अचम्म मात्रै होइन हास्नु पनि हुन्छ । स्वीडेनले आफ्नो नागरिकका लागि यस्ता धेरै कानुन बनाएको छ, जसले उनीहरुको जीवन–शैली सजिलो बन्न सकोस् ।
– हालै स्विडेनमा एक प्रस्ताव राखियो, जसमा लेखिएको छ, कार्यलयमा काम गर्ने नागरिकलाई एक घण्टाको छुट्टी दिइने छ, ताकि उनीहरु घर गएर आफ्नो जोडीसँग यौन सन्तुष्टि लिन सकुन् । यो छुट्टीका लागि उनीहरुलाई तलब पनि दिइने छ । यदि यो प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक–अर्कासँग समय बिताउने समय मिल्ने छ ।
– यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।
– हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।
– लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।
– हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।
– त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।
– दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।