२०७७ मंसिर १४, आईतवार

सुर्खेतमा अत्याधुनिक रेकर्डिङ स्टुडियो

सुर्खेत, फागुन १६ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश नंम्बर ६ कै पहिलो अत्याधुनिक प्रबिधियुक्त गीत रेर्कडिङ स्टुडियो संचालनमा आएको छ ।

sukयस क्षेत्रमा रहेका मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउँन तथा उजागर गर्न सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा आएको हो । काठमाडौकै गुणस्तरमा गित रेर्कड गर्न र भिडियो छायाङक्न गर्न काठमाडौ जानु पर्ने बाध्यतालाई अन्त्य गर्न सुर्खेतमै सेमभेक डिजिटल रेकर्डिङ स्टुडियो संचालनमा ल्याईएको संचालक बिनोद खनालले बताउँनु भयो ।

यस क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दे स्टुडियो संचालनमा ल्याईएको भन्दै संचालक खनालले ३७ लाख रुपैया खर्च भएको बताए । स्टुडियोको एक कार्यक्रमका बिच बरिष्ठ कलाकार प्रमदेब गिरी,भिमबहादुर कार्कि,बुलु मुकारुङ,दृष्टी बिहीन कलाकार मैतु नेपालीले संयुक्त रुपमा उद्घाटन  गरेकाछन् ।

एद्घाटन पछी बरिष्ठ कलाकार प्रेमदेब गीरीले रेकर्डिङ स्टुडियो संचालनले यस क्षेत्रका कलाकारहरु नयाँ उर्जा थप्ने बताए । उद्घाटन गर्दै तबला वाधक मैते नेपालीले पूर्विय संगितको मौलिकतालाई बचाउँनुका साथै पश्चिमा संस्कृतिको बिकृति अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै वरिष्ठ कलाकार प्रेमदेव गिरीले यो क्षेत्र कला संस्कृतिको खानी भएको चर्चा गर्दै आगामी दिनमा दबिएर रहेका प्रतिभाहरु पनि प्रस्फुटन हुने बिस्वास ब्यक्त गरे । बरिष्ठ लोक गायक भिमबहादुर कार्किले सुर्खेतमा गित रेर्कडिङ स्टुडियो संचालनमा आउँनु यस क्षेत्रका कलाप्रेमीहरुका लागी सुखद अवसर भएको भन्दै सफलताको कामना गरे ।

अर्का कलाकार बुलु मुकारुङले कला र संगित बिनाको जिवन अधुरो रहने भन्र्दै पश्चिम क्षेत्रका गितहरु बजारमा ल्याउँन यस रेर्कडीङ स्टुडियोले महत्वपूर्ण भूमिका खेल्ने बताए । स्टुडियोका निर्देशक खगेन्द्र न्यौपानेले अहिले गित रेर्कड गर्न र भिडियो छायाङकन गर्नकै लागी काठमाडौ जानु पर्ने बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य भएको बताए ।

उद्घाटन कार्यक्रममा कलाकारहरु दिनेश गौतम,गणेशभक्त गौतम,नरेन्द्र राना,सारङगी बाधक तिलक गन्र्दभ,गितकार तथा एरेनजर रमेश सेन्चुरी लगायतको सहभागीता रहे्को थियो ।