२०७७ मंसिर ८, सोमबार

साउथ एसियनको वार्षिक उत्सव

सुर्खेत, फागुन १६ । साउथ एसियन एकलार्स एकेडेमीको वीरेन्दनगरमा आइतबार १४ औ बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ ।

ENN Newsकार्यक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले आजका बालबलिका भोली यो देशका कर्णदार भएकाले उनीहरुको ब्यक्तित्व विकासदेखि शैक्षिक स्तर र भबिष्य निमार्णमा बिद्यालयमा शिक्षक र घरमा अभिभाबको भुमिका उक्तिकै महत्वपूर्ण हुने बताए ।

घरदेखि बिद्यालयसम्मको बातारण बाल मैत्री बनाउन आवश्यक भएको बताउदै शाहले बालकमा सकारात्मक सोचाई ल्यााउन जरुरी भएको बताए । यस्तै बिद्यालयको भौतिक निमाणर््ा अन्तिम चरण पुगेको बताउदै आगामी दिनमा बिज्ञान संकायलाई मध्यनजर गर्दै बिज्ञान र प्रबिधिमा शैक्षिक गुणस्तरमा बृद्धि ल्याउने बिद्यालयका प्राचार्य छत्र बडुवालले बताए ।

उक्त कार्यक्रमममा बिषेश अथिति नेपाल शिक्षक महासंघ सुर्खेतका पदमप्रसाद गौली, तातापानी टोल बिकास अध्यक्ष निरक कार्की, प्याब्सनका सदस्य सीता सुबेदी, समाजसेवी गोबिन्द्र कोइराला, जनमाध्यामिक विद्यायका प्राध्यानाध्यापक यामबहादुर श्रेष्ठ, बिद्यालय ब्यबस्थपन समितिका अध्यक्ष लाल बहादुर शाही लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम गणेश अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।