२०७७ मंसिर १६, मंगलवार

शून्य लगानिमा बालविवाह मुक्त महाअभियान सुरु

सुर्खेत, फागुन १६ । बालविवाह मुक्त महाअभियान सुर्खेतबाट सुरु भएको छ । जिल्ला बाल कल्याण समिति र विभिन्न अभियन्ताहरुको सक्रियतामा सुर्खेतबाट यो अभियान सुरु गरिएको हो ।

narबालविवाह कुनै एक जना व्यक्ति र सरकारले गर्न नसक्ने भएकोले आम नागरिक र स्वयम किशोरकिशोरीहरुलाई नै बालविवाह नियन्त्रण अभियानमा सक्रिय बनाउन यो अभियान सुरु गरिएको हो । जिल्ला बाल कल्याण समिति सुर्खेतको आयोजनामा सुरु भएको यो महाअभियान देशैभर सञ्चालन गरिने अभियन्ताहरुले बताएकाछन् ।

यो अभियान अन्तर्गत जिल्लामा रहेका विभिन्न सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याएर आइतबारबाट बालविवाह न्यूनिकरणमा प्रेरित गर्न सुरु गरिएको छ । बालविवाह मुक्त अभियानमा सहभागी हुनका लागि प्रेरित गर्न अन्तराष्ट्रिय प्रशिक्षक तथा अभियन्ता नरबहादुर कार्कीले प्रशिक्षण दिइएका छन् ।

यो अभियानको पूर्वसन्ध्यानमा पत्रकार सम्मेलन गरी आयोजकले । सरकारी तथा गैर सरकारी संस्थाहरुको पहलमा अहिलेसम्म बालविवाह न्यूनिकरण सम्भव नभएपछि अभियानात्मक रुपमा किशोरकिशोरीहरुलाई नै सक्रिय बनाउन यो प्रशिक्षण अभियान सुरु गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कार्कीले यो एउटा अभियान भएको भन्दै यो अभियान शुन्य लगानीबाट सुरु भएको बताए । उनले प्रदेश नं. ६ र ७ नै नेपालका सबैभन्दा बढी बालविवाह हुने क्षेत्र भएकोले सुर्खेतबाट अभियान सुरु गरिएको बताए ।

उनले बालविवाह मस्तिस्कको उपज भएकोले अब मान्छेहरुको मस्तिस्क नै परिवर्तन गर्न यो अभियान सुरु गरिएको बताए । उनले नेपालको पछौटेपनको कारण पनि महिलाहरु पछाडि पर्नु भएको भन्दै बालविवाह मुक्त गर्नुपर्ने आवश्यकता भएको बताए ।

कार्कीले अहिले सुर्खेतबाट एक हजार तीन सज जनालाई एकैपटक कोच गरिने र उनीहरुले नै स्वतस्फूर्त रुपमा बालविवाह मुक्त अभियान सञ्चालन गर्ने बताए । किशोरकिशोरीहरु आफै बालविवाह मुक्त अभियानमा जुटेको खण्डमा बालविवाह रोकिने भएकोले पनि उनीहरुलाई अभियानमा अग्रसर बनाउनका लागि प्रशिक्षणमूलक तरिकाबाट यो अभियानको सुरु गएिको हो ।

उनले अभियानले सार्थकता पाए नपाएको बारेमा मूल्याकनका लागि हरेक टोल, गाउँ र जिल्लाका १० देखि १७ वर्ष उमेरका बालिकाहरुको सम्पूर्ण अभिलेख राख्ने र एक वर्ष पछि उनीहरुको अवस्थाको बारेमा जानकारी लिेन बताए । यदी यसो गरिएको अभियानको प्रभावकारिताको बारेमा बुझ्न सकिने उनको भनाई छ । उनले यही अभियानलाई यही शैलीमा देशैभर लैजाने बताए ।

पत्रकार सम्मेलनमा आयोजक जिल्ला बालकल्याण समितिका तर्फबाट महिला तथा बालिबालिकाको कार्यालयका प्रेमप्रसाद आचार्यले दक्षिण एशियामै नेपाल बालविवाह गर्ने देशको अग्र सूचिमा परिरहेको र सन् २०२० मा नेपाललाई बालविवाह मुक्त देश बनाउने लक्ष्य राखिएकोले सुर्खेतबाट यो अभियान सुरु गरिएको बताए ।

कार्यक्रममा अभियन्ता तिलकराम अधिकारीले यो अभियानका लागि कुनै छुट्टै रकम नछुट्याएैको भन्दै कार्यक्रमका लागि आवश्उक रकम सम्बन्धित सहभागीका गाविस कार्यालयले नै केही सहयोग गर्ने, जिल्ला विकास समितिले सहयोग गर्ने बताए ।

पैसा खर्च गरेर कार्यक्रम गर्दा पनि बालविवाह मुक्त गर्न नसकिएको भन्दै अब विना पैसा बालविवाह मुक्त अभियान सञ्चालन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको उनले बताए ।  सुर्खेतमा सुरु भएको अभियान अन्तर्गतको प्रशिक्षण आज (सोमबार) सकिदैछ ।