२०७७ माघ ३, शनिबार

प्रगतीशिल कानुन व्यबसायीको अध्यक्षमा हमाल

फागुन १७, सुर्खेत ।  प्रगतीशील तथा पेशागत कानुन व्यबसायी संगठन सुर्खेतको नयाँ कार्य समिति चयन भएको छ । वीरेन्द्रनरमा सोमबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले कृष्ण बहादुर हमालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमीती चयन गरेको हो ।

कार्यसमीतीको उपाध्यक्षमा नन्द बहादुर भण्डारी, सचिवमा नारायणनाथ योगी र गिता कोइराला एवम् कोषाध्यक्षमा रत्न बहादुर भण्डारी चयन भएका छन् । यस्तै कार्यसमीती सदस्यहरुमा बिरेन्द्रकुमार थापा, रुद्र पोख्रेल, डम्मर सिजाली र राम बहादुर भण्डारी चयन भएका छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष भुषण कुमार मानन्धरले संबिधान कार्यान्वयनमा देखीएका समस्याका विषयमा छलफल गरी निकास निकाल्ने जिम्मा कानुन व्यबसायीहरुको भएको बताएका छन् । कार्यक्रममा केन्द्रीय सदस्य नरेन्द्रराज शर्मा लगायत संगठन आबद्ध सदस्यहरुको सहभागीता रहेको थियो ।