२०७७ मंसिर ९, मंगलवार

जनश्रमदानबाटै विद्यालयको फिल्ड निर्माण

सुर्खेत, फागुुन १७ । सुर्खेतको हरिहरपुर गाविसको सुँगुरखालमा जनश्रमदानबाटै विद्यालयको फिल्ड निर्माण गरिएको छ । कुनै पनि संघसंस्थाको सहयोगबिना नै वडा नागरिक मञ्चको पहलमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको फिल्ड निर्माण गरिएको हो ।

झण्डै एक सय जना स्थानीय नागरिकको सहभागितामा करिब ५० हजार बराबरको जनश्रमदानबाट फिल्ड निर्माण भएको सामाजिक परिचालक पुर्णबहादुर नेपालीले जानकारी दिनुभयो ।

फिल्ड निर्माणका लागि वडा नागरिक मञ्चका संयोजक पुर्ण विक, समाजसेवी बल बहादुर घर्ती, मध्यवर्ती समिति हरिहरपुरका अध्यक्ष दानबहादुर जोल्मीलगायतले पहल चाल्नुभएको थियो ।